शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कर छलीको आरोपमा १ अर्ब बिगो दाबीसहित १० जनाविरुद्ध मुद्दा

कर छलीको आरोपमा १ अर्ब बिगो दाबीसहित १० जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) प्रयोग राजस्व छली गरेको आरोपमा १० जनाविरुद्ध झुटो तथा उच्च अदालत पाटनमा मुद्धा दर्ता गरेको छ। 
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं- राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) प्रयोग राजस्व छली गरेको आरोपमा १० जनाविरुद्ध झुटो तथा उच्च अदालत पाटनमा मुद्धा दर्ता गरेको छ। 

विभागले १० जना मुख्य अभियुक्त र ७ जना मतियारविरुद्ध १ अर्ब ४ करोड २४ लाख ९९ हजार ७२८ रुपैयाँ बराबरको बिगो असुल गरी जरिवाना र कैद सजायको माग दाबीसहित उच्च अदालतमा गत सोमबार मुद्दा दायर गरेको जनाएको छ। 

विभागले राजस्व छली गर्ने मुख्य व्यक्तिहरुमा सरोज कुमार मिश्र, उमाशंकर सहनी, सञ्जय भभिने जय किशोर शाह, परमेश्वर शाह, उमाशंकर राय भर, हिरालाल हजारा, विरेन्द्र कुमार चौधरी रामबाबु सहनी, रामसुन्दर रायभर र राजकिशोर सहनी मलाह रहेको दाबी गरेको छ। 

त्यस्तै ती १० जना व्यापारी व्यवसायीलाई कर छलीमा सघाउने गंगा प्रसाद भट्टराई, रमेश घिमिरे, दीपक निरौला, सुरेन्द्र कुमार इङनाम, टंक राउत, दीपककुमार कोइराल र तोयनाथ अधिकारीविरुद्ध पनि मुद्दा दायर गरेको हो। 

विभागका अनुसार सो मुद्दा दर्ता गर्दा प्रो करस इन्टरनेशनल प्रालिविरुद्ध १४ करोड ६६ लाख ८४ हजार ९०७, आरके एस इन्टरनेशनल प्रालिविरुद्ध १९ करोड ३९ लाख ७३ हजार २२४, एसकेएम एक्टिभ ट्रेडिङ प्रालिविरुद्ध २ करोड १८ लाख ३६ हजार ९२७, राज एन्ड किशोर इन्टरनेशनलविरुद्ध १४ करोड ३१ लाख ७७ हजार ८५२ रुपैयाँ बराबरको विगो माग दाबी गरी मुद्दा दायर गरेको छ। 

त्यस्तै अनन्या इन्टरनेशनलविरुद्ध ५ करोड १७ लाख ७७ हजार ७२६, ब्लुक्रस ट्रेडर्सविरुद्ध १५ करोड ८७ लाख ७ हजार ८१३, जेन सप्लायर्स प्रालिविरुद्ध १२ करोड ३ लाख ४३ हजार ७३९, इन्टरसिटी इन्टरनेशनलविरुद्ध ६ करोड २६लाख २१ हजार ४६१ र स्वीफ्ट इन्टरनेशनल प्रालिविरुद्ध १४ करोड ३३ लाख ७६ हजार ७९ रुपैयाँ बराबरको विगो दाबी गरी मुद्दा दायर गरेको विभागले जनाएको छ। 

विभागले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ बमोजिम हदैसम्मको दण्ड जरिवाना र कैदको माग गरी मुद्दा दायर गरेको जनाएको छ।

प्रकाशित: Jan 27, 2021| 12:45 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्