शनिबार, असोज ३, २०८३

१८.७६ अंकले बढ्यो नेप्से 

बुधबार सेयर बजार परिसूचक (नेप्से) १८.७६ अंकले वृद्धि भएको छ। बढेको बजार २४४१.८५ विन्दुमा पुगेको हो। 
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) १८.७६ अंकले वृद्धि भएको छ। बढेको बजार २४४१.८५ विन्दुमा पुगेको हो। 

आज २०८ कम्पनीको १ करोड ५२ लाख ८९ हजार सेयर खरिदबिक्री हुँदा ८ अर्ब ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

ठूला कम्पनीहरू सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.८६ अंकले घटेर ४४६.३८ विन्दुमा पुगेको छ। 

बुधबार जीवन बिमा समूहको सूचक १०५१.१८, माइक्रोफाइनान्स ६७.५१, सामूहिक लगानी ०.०३, निर्जिवन बिमा ४६४.६८ र व्यापार समूहको सूचक ३२.९६ अंकले बढेको छ। 

त्यस्तै बैंकिङ समूहको सूचक १०.१२, विकास बैंक ७.३०, फाइनान्स ६.७७, होटल २४.३९, जलविद्युत् ४.०७, उत्पादन ३३.७५ र अन्य समूहको सूचक २.१९ अंकले घटेको छ। 

आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। पोखरा फाइनान्स लिमिटेडका लगानीकर्ताले धेरै गुमाएका छन्।  
 

प्रकाशित: Jan 27, 2021| 09:40 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्