काठमाडौं– चालू आर्थिक वर्षको साउनदेखि पुससम्म स्थानीय सरकारको खर्च साढे ४१ प्रतिशत भएको अर्थ मन्त्रालयले जनाएको छ।
चालू आवमा स्थानीय तहका लागि १ खर्ब १ अर्ब ६८ करोड रुपैयाँ विनियोजन भएको थियो। आवको आधा समय सकिँदा ४२ अर्ब १८ करोड रुपैयाँ खर्च भएको छ। चालू आवको मध्यावधिसम्म प्रदेश सरकारहरुको खर्च भने ३३.९५ प्रतिशत छ।
चालू आवमा प्रदेश सरकारका लागि ६३ अर्ब ५२ करोड विनियोजन गरिएकोमा २१ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।