शनिबार, असोज ३, २०८३

आइएमई पे र इन्द्रपुर खानेपानीबीच सम्झौता

 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं–  आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र विराटचोक मोरङस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीबीच सम्झौता भएको छ। 

सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन्। 

सम्झौतापत्रमा ‘आइएमई पे’ का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले हस्ताक्षर गरेका छन्। यस सम्झौताबाट ६ हजार घरधुरी लाभान्वित हुनेछन्।
 

प्रकाशित: Jan 26, 2021| 09:26 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्