शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अनलाइनबाटै आवेदन दिन सकिने

एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अनलाइनबाटै आवेदन दिन सकिने

 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ।

ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाइनबाट अनुरोध गर्न सकिने सेवा बैंकले थालनी गरेको हो। 

बैंकको वेबसाइटमा रहेको आईसर्भ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ। सेवाग्राहीले खाता सम्बन्धी विवरण उल्लेख गरी भेरिफाइ गरेपपछि डेबिट कार्ड आवेदनको प्रक्रिया अगाडि बढ्ने र पायक पर्ने शाखाबाट लिन सकिने बैंकले जनाएको छ।
 

प्रकाशित: Jan 26, 2021| 07:27 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्