शनिबार, असोज ३, २०८३

प्रतितोला ४०० रूपैयाँले बढ्यो सुनको मूल्य 

छापावाल सुन तोलाको ९२ हजार ८०० रूपैयाँ पुगेको छ। 
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं - आज सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले बढेको छ। 

छापावाल सुन तोलाको ९२ हजार ८०० रूपैयाँ पुगेको छ। 

सोमबार तोलाको ९२ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै तेजाबी सुन प्रतितोलाको ९२ हजार ३०० रूपैयाँ मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने तोलामा पाँच रूपैयाँले घटेको छ। सोमबार चाँदी तोलामा एक हजार २६० रूपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोलाकाे मूल्य  एक हजार २५५ रूपैयाँ तोकिएको छ। 

प्रकाशित: Jan 26, 2021| 05:54 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्