शनिबार, असोज ३, २०८३

रोकिएन भारततर्फ पेट्रोलियम तस्करी

नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी हुने गरेको छ। 
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

काठमाडौं– नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी हुने गरेको छ। 

भारतको तुलनामा नेपालको तराई क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी हुने गरेको हो। 

अहिले नेपाली बजारमा पेट्रोलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १०८ देखि ११० रुपैयाँसम्म छ। 

तराई क्षेत्रमा अहिले १०८.५० रुपैयाँ प्रतिलिटर रहेको पेट्रोल काठमाडौं उपत्यकामा ढुवानी दूरीको आधारमा ११० रुपैयाँ छ।

ढुवानीको आधारमा काठमाडौंमा केही बढी मूल्य भए पनि योसमेत भारतको तुलनामा निकै सस्तो हो। 

भारतको रक्सौलमा पेट्रोलको उपभोक्ता मूल्य १४०.७६ पैसा प्रतिलिटर छ। त्यस्तै रक्सौलमा डिजेलको उपभोक्ता मूल्य प्रतिलिटर १२९.१४ रुपैयाँ प्रतिलिटर छ। 

वीरगन्जलगायतको तराई क्षेत्रमा डिजेलको मूल्य प्रतिलिटर ९१.५० रुपैयाँ छ। 

रक्सौलभन्दा नेपालमा पेट्रोल प्रतिलिटर ३२.२६ रुपैयाँ र डिजेल प्रतिलिटर ३७.६४ रुपैयाँ सस्तो छ। 

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले तस्करी रोक्नु चुनौतीपूर्ण भएको बताउँदै दुवै देशमा बराबरी मूल्य भए रोकिने बताउँछन्। 

पढ्नुस्ः 

४५ रुपैयाँमा किनेकाे पेट्रोलकाे मूल्य किन ११० रुपैयाँ ?
 

प्रकाशित: Jan 25, 2021| 12:08 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्