मंगलबार, चैत १०, २०८२

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त भएका छन्। 
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं– काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त भएका छन्। 

National life

उपकुलपतिका चयनका लागि गठित ‘सर्च कमिटी’ले प्रा.डा. रामकण्ठ माकजु, प्रा. डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो।

सिफारिस भएकामध्येबाट विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई नियुक्त गरेको शिक्षा मन्त्रालय स्रोतले नेपालसमयलाई जानकारी दियो।  

यसअघि थापा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार थिए। दोस्रो कार्यकालमा रजिष्ट्रार रहँदा निवर्तमान उपकुलपति माकजुसँग असन्तुष्टि भएर थापाले पदबाट राजीनामा दिएका थिए।

आवेदन आह्वान गरेर पहिलोपटक विश्वविद्यालयको उपकुलपति चयन गरिएको हो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 20, 2021| 09:12 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्