मंगलबार, साउन १९, २०८३

३७ विद्यार्थीलाई शान्ति समाजको  चार लाख ४४ हजार छात्रवृत्ति

 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं- ‘छोरी पढाऔं : गरिमा बढाऔं’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले ३७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। 

यो अभियान अन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ जना बालिकालाई हरेक वर्ष १२ हजारका दरले  छात्रवृत्ति प्रदान गरिने समाजका महासचिव सुशील बस्नेतले जानकारी दिए। 

उक्त छात्रवृत्ति १० कक्षामा पुगुन्जेल अर्थात ५ वर्षसम्म प्रदान  गरिने बताइएको छ। 

सो छात्रवृत्ति यसवर्ष मोरङ जिल्लाको कटहरी गाँउपालिकाको पुरानो थलाहास्थित विद्यालय र धनपालथान गाँउपालिकाको पुरानो दादरवैरियास्थित विद्यालयका गरी ३७ जना विपन्न दलित समुदायका बालिकालाई प्रदान गरिने महासचिव बस्नेतले जानकारी दिए। 

१२ हजारको दरले जम्मा चार लाख ४४ हजारको छात्रवृत्ति यस वर्षबाटै प्रदान गरिने भएको छ।  

प्रकाशित: Jan 19, 2021| 05:36 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्