आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकद्वारा सामुदायिक पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग

सिद्धार्थ बैंकद्वारा सामुदायिक पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग

सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको टोखास्थित फ्रेण्डशिप फाउन्डेशन नेपाललाई  सामाजिक उत्तरदायित्व अन्र्तगत रु. दुई लाख आर्थिक सहयोग प्रदान गरेको छ। 
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको टोखास्थित फ्रेण्डशिप फाउन्डेशन नेपाललाई  सामाजिक उत्तरदायित्व अन्र्तगत रु. दुई लाख आर्थिक सहयोग प्रदान गरेको छ। 
सो रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले फ्रेण्डशिप फाउन्डेशन नेपालका अध्यक्ष प्रकाशबाबु पौडेललाई हस्तान्तरण गरेका छन्।
बैंकबाट प्राप्त सो रकम फ्रेण्डशिप फाउन्डेशन नेपालले गण्डकी प्रदेशको गोरखा सिरानचोक गाउँपालिका वडा नं। १, केराबारी स्थित शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालयको भवन निर्माण गर्नका लागि उपयोग गर्नेछ। 
विभिन्न सामाजिक परियोजनाका कार्यमा कार्यरत हँुदै आएकोे उक्त फाउन्डेशनलाई बैंकले प्रदान गरेको सो रकम सहयोगबाट त्यस क्षेत्रमा अध्ययनका लागि पूर्वाधारको निर्माण हुने र आवश्यक अध्ययन सामग्रीको लागि सजिलो पहुँच पुग्ने विश्वास बैंकको छ। 
बैंकले हरेक आर्थिक वर्ष आफ्नो खुद नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ । 

प्रकाशित: Jan 18, 2021| 08:41 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्