मंगलबार, साउन १९, २०८३

शिक्षामन्त्रीलाई शिक्षक महासंघको ४ बुँदे ज्ञापनपत्र, माग पूरा नभए आन्दोलन गर्ने

नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ४ बुँदे ज्ञापनपत्र पेश गरेको छ।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ४ बुँदे ज्ञापनपत्र पेश गरेको छ।

महासंघले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्नुपर्ने, बाल विकास केन्द्रका शिक्षकको तलब र सेवासुविधा वृद्धि गर्नुपर्ने, द्वन्द्वपीडित शिक्षकको पुनर्वहाली गर्नुपर्ने, शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच यसअघि भएको २० बुँुदे सहमति कार्यान्वयन गर्नुपर्ने लगायत विषयमा मागपत्र पेश गरेको हो। महासंघले आफ्ना मागहरु तत्काल पूरा नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने पनि चेतावनी दिएको छ।

पछिल्लो समय पाठ्यक्रमका विषयमा देखिएको विवाद तत्काल समाधान गर्न छलफल चलिरहेको र आज (बिहीबार) पाठ्यक्रम विकास केन्द्रमा बैठक बसेर निष्कर्ष  निकालिने  महासंघका अध्यक्ष बाबुराम थापाले बताए।

उनले भने, ‘आजको बैठकबाट पाठ्यक्रम तत्काल लागू गर्ने वा नगर्ने भन्ने विषयमा एउटा निष्कर्षमा पुग्नुपर्छ। विद्यार्थीलाई यसरी अन्योलमा राख्न मिल्दैन।’  
 

प्रकाशित: Jan 07, 2021| 06:57 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्