मंगलबार, साउन १९, २०८३

कक्षा १२ को परीक्षाफल माघ पहिलो साता

राष्ट्रिय परीक्षा बोर्डले माघको पहिलो सातासम्म कक्षा १२ को नतिजा प्रकाशन हुने जनाएको छ। 
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माघको पहिलो सातासम्म कक्षा १२ को नतिजा प्रकाशन हुने जनाएको छ। 

बोर्डका अनुसार परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको तर विद्यार्थीको नतिजा ‘इन्ट्री’ गर्ने काममा केही समस्या भएकाले ढिलाइ भएको हो। 

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार सम्बन्धित विद्यालयले विद्यार्थीको डाटा र सिम्बोल नम्बर भरेको नमिल्दा केही समय रुजु गर्न ढिलाइ भएको बताए।

‘स्कुलले हामीले दिएको फर्म्याटमा भर्ने क्रममा बिगारेकाले रुजु गर्न समस्या भएको हो,’ उनले भने, ‘अब यी समस्यालाई मिलाउँदै चाँडोमा पुस अन्तिम र ढिलोमा माघको पहिलो साता नतिजा प्रकाशन गर्छौं।’

गत ९–१६ मंसिरमा सम्पन्न परीक्षामा चार लाख ३३ हजार १८० परीक्षार्थी सहभागी भएका थिए। कोरोना भाइरस प्रभावित विद्यार्थीका लागि भने १६–२३ पुससम्म परीक्षा सञ्चालन भइरहेको छ।

ती परीक्षार्थीको नतिजासमेत एकसाथ प्रकाशन गर्ने तयारीमा बोर्ड रहेको छ।

महामारीका कारण विद्यार्थीले कुल १०० पूर्णाङ्कमा ४० प्रतिशत अंक भारको मात्रै परीक्षा दिएका थिए।

सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकनबाट २० प्रतिशत र कक्षा ११ को विषयगत प्राप्ताङ्कबाट ४० प्रतिशत अंक दिने यसअघि नै निर्णय भएको थियो।

प्रकाशित: Jan 05, 2021| 07:10 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्