मंगलबार, साउन १९, २०८३

लामो समयपछि जिम जाँदै हुनुहुन्छ ? ख्याल गर्नुस् यी कुरा

भर्खरै कसरत सुरु गर्दा मांसपेशी दुख्ने, थकान, पटक-पटक भोक लागिरहने जस्ता समस्या पनि हुन सक्छन्।
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

काठमाडौं- के तपाईं जिम गएर कसरत सुरु गर्ने सोच्दै हुनुहुन्छ ? वा धेरै समयपछि कसरत गर्दै हुनुहुन्छ ?

यदि त्यसो हो भने तपाईंले विभिन्न कुरामा ख्याल गर्नैपर्छ।  

भर्खरै कसरत सुरु गर्दा मांसपेशी दुख्ने, थकान, पटक-पटक भोक लागिरहने जस्ता समस्या पनि हुन सक्छन्। त्यसैले यी कुराहरूमा ध्यान दिनुपर्छ। 

विस्तारै गर्नुस् व्यायाम

धेरै समयपछि जिम जाँदै हुनुहुन्छ भने व्यायाम सुस्त–सुस्त गर्नुपर्छ। अरूसँग प्रतिस्पर्धा गर्नुभन्दा बरु आफ्नो दिमाग लगाउनुपर्छ। पहिले ‘लाइट वेट’ व्यायामबाट सुरु गर्नुपर्छ। पछि विस्तारै ‘हेबी वेट’तिर जानुपर्छ।

सुरुमै भारी तौल उठाउँदा मांसपेशी दुख्न सक्छ। साथै चोट पनि लाग्न सक्छ। 

पर्याप्त आराम गर्नुस्

यदि तपाईं लामो समयपछि व्यायामका लागि जिम जाँदै हुनुहुन्छ भने कसरतको बीचमा केही समय विश्राम लिनुपर्छ। 

शरीरलाई आराम दियो भने यसले ऊर्जाको काम गर्छ। यसरी तपाईं अझ धेरै कसरत गर्न सक्नुहुन्छ। 

सन्तुलित तथा स्वस्थ भोजन गर्नुस्

जिममा ठूलोठूलो उपकरणले व्यायाम गर्दा शरीरलाई पर्याप्त ऊर्जाको आवश्यकता हुन्छ। तपाईं कसरत गर्दै हुनुहुन्छ भने मांसशेपीहरूले ऊर्जाका लागि ग्लाइकोजन भण्डारको काम गर्छ। यसका लागि तपाईंलाई पौष्टिक आहारको आवश्यकता पर्छ। तपाईं केरा, बदाम, अण्डा, कुखुराको मासुलगायत खान सक्नु हुन्छ।

प्रकाशित: Jan 05, 2021| 03:31 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्