मंगलबार, चैत १०, २०८२

विद्यालय शिक्षकको जिल्लान्तर सरुवा रोक्का

शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि जिल्लान्तर सरुवा रोक्का गरिएको जनाएको हो। 
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं-  सरकारले विद्यालय शिक्षकको जिल्लान्तर सरुवा रोक्का गरेको छ।

National life

शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि जिल्लान्तर सरुवा रोक्का गरिएको जनाएको हो। 

शिक्षक दरबन्दी मिलान कार्य सक्न केही समय लाग्ने र शिक्षक सेवा आयोगबाट पनि स्थायी पदपूर्तिका लागि जिल्लागत विवरण प्राप्त भएकोले जिल्लान्तर सरुवा रोक्का गरिएको सूचनामा उल्लेख छ। 

केन्द्रको सूचनामा उल्लेख छ, 'केन्द्रको पूर्वअनुमतिमा गरिने जिल्लान्तर सरुवाबाहेक सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा अर्को सूचना प्रकाशन नभएसम्म रोक्का गरिएको छ।' 

प्रकाशित: Jan 04, 2021| 17:29 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्