चितवन– एभरेष्ट बैंक लिमिटेडले चितवनको हाकिमचोकमा १०० औँ शाखा विस्तार गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगी र चेम्बर अफ कमर्श चितवनका अध्यक्ष राजु श्रेष्ठले शाखाको संयुक्तरुपमा उद्घाटन गरेका हुन्।
यसअघि गत शुक्रबार बैंकले ९९ औँ शाखा दाङको घोराहीमा सुरु गरेको थियो।
१०० शाखा कार्यालयका साथै १३२ एटीएम काउन्टर, ३१ राजस्व संकलन केन्द्रमार्फत बैंकले ११ लाख बढी ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ।