शुक्रबार, असोज २, २०८३

वरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बागलुङका विभिन्न संघसंस्थाबाट सम्मानित भएका छन्। 
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

बागलुङ– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बागलुङका विभिन्न संघसंस्थाबाट सम्मानित भएका छन्। 

आइएमई ग्रुपका विभिन्न कम्पनीले आयोजना गरेका व्यावसायिक कार्यक्रमलाई सम्बोधन गर्न गृह जिल्ला पुगेका ढकाललाई सोही अवसरमा स्थानीय संघ संस्थाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी सम्मान गरेका हुन्।

ढकाललाई बागलुङको विद्यामन्दिर माध्यमिक विद्यालयले स्वस्तिवाचनसहित सम्मान गरेको छ। 

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले विद्यालय समुदायसँग नजोडिँदा गुणस्तर र विद्यार्थीको शैक्षिक चरित्रमा असर परेको बताए। 

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको उनको भनाइ थियो। 

त्यस्तै ढकाललाई बैंकर्स बागलुङले पनि सम्मान गरेको छ। कार्यक्रममा स्थानीय क्षेत्रको आर्थिक विकासमा देखिने गरी लगानी गर्न ढकाललाई स्थानीयले अनुरोध गरेका थिए।
 

प्रकाशित: Jan 04, 2021| 11:40 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्