मंगलबार, साउन १९, २०८३

डा. केसी भन्छन्, काठमाडौं विश्वविद्यालयमा विवादित व्यक्तिलाई नियुक्त नगर

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू) मा विवादित पदाधिकारीलाई नियुक्त नगर्न सरकारसँग माग गरेका छन्।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू) मा विवादित पदाधिकारीलाई नियुक्त नगर्न सरकारसँग माग गरेका छन्।

डा. केसीले आइतबार विज्ञप्ति प्रकाशित गर्दै केयूमा पदाधिकारी नियुक्तिमा चलखेल नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। 

केसीले भनेका छन्, ‘हामी लामो समयदेखि विश्वविद्यालय सुधारका लागि पदाधिकारी नियुक्तिमा दलीय भागवण्डाको अन्त्य हुनुपर्ने मागसहित संघर्षमा छौं। पछिल्लो सत्याग्रहपछि नियुक्ति प्रक्रियामा सुधारका लागि कानुनी व्यवस्था गर्ने सम्झौतासमेत भएको छ।’

उनले भ्रष्ट र काठमाडौं विश्वविद्यालयका विवादित पदाधिकारीहरुलाई फेरि नियुक्त नगर्न माग गरेका हुन्। 

केयूका उपकुलपति रामकण्ठ माकाजुको माघ पहिलो साता कार्यकाल सकिँदै छ।

सरकारले उपकुलपति छनोटका लागि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। 

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले पनि विज्ञप्ति प्रकाशित गरी उपकुलपति चयन पारदर्शी, प्रतिस्पर्धा, योग्यता र क्षमताको आधारमा हुनुपर्ने माग गरेको छ। 

प्रकाशित: Jan 03, 2021| 16:38 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्