बिहीबार, असोज ३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा नेकपाको कार्यालय : तीन जिल्ला ओली र सात जिल्ला दाहाल–नेपालको कब्जामा

कर्णालीमा नेकपाको कार्यालय : तीन जिल्ला ओली र सात जिल्ला दाहाल–नेपालको कब्जामा

ओली समूहले दैलेख, डोल्पा र सल्यान तथा दाहाल-नेपाल समूहले सुर्खेत, रुकुमपश्चिम, जाजरकोट, हुम्ला, जुम्ला, कालिकोट, मुगु र जुम्लाको पार्टी कार्यालय कब्जामा रहेको दाबी गरेका छन्।
 |  बुधबार, पुस १५, २०७७
nespernesper

देव राना

देव राना

बुधबार, पुस १५, २०७७

सुर्खेत– पार्टी विभाजनसँगै नेकपाका कार्याकर्ता पार्टी कार्यालय कब्जा गर्न थालेका छन्।

triton college

१० जिल्ला रहेको कर्णालीमा तीनमा प्रधानमन्त्री केपी शर्मा ओली र सातमा पुष्पकमल दाहाल  र माधवकुमार नेपाल समूहले पार्टी कार्यालय कब्जामा रहेको दाबी गरेका छन्।

ओली समूहले दैलेख, डोल्पा र सल्यानको पार्टी कार्यालय कब्जामा रहेकाे दाबी गरेकाे छ।

नेकपा दैलेखका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा ओली समूहका हुन् भने प्रेम कटुवाल दाहाल–नेपाल समूहका हुन्। त्यसैले पार्टी कार्यालय ओली समूहको कब्जामा छ।  

डोल्पा पार्टी कार्यालय ओली समूहकै कब्जामा छ। त्यहाँ जिल्ला अध्यक्ष दत्तबहादुर रोकाय ओली र सचिव मालबहादुर रोकाया दाहाल–नेपाल समूहका छन्। 

Metro Mart
vianet

दुवै पक्षले तालाबन्दी गरेको सल्यानमा ओली समूहले नेकपाको पार्टी कार्यालय आफ्नो कब्जामा रहेको दाबी गरेको छ। 

जिल्ला अध्यक्ष गोविन्दकुमार पुनले कार्यालयको तालाचाबी आफ्नो साथमा राखेको बताएका छन्। यद्यपि दाहाल–नेपाल पक्षको समूहले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ। 

सल्यानमा नेकपा सचिव कर्णबहादुर बुढाथोकीको दाहाल–नेपाल समूहका हुन्।

त्यस्तै दैलेखको पार्टी कार्यालय ओली समूहको कब्जामा छ। उक्त कार्यालय पूर्वएमालेको पार्टी कार्यालय हो। 

दाहाल–नेपाल समूहले सुर्खेत, रुकुमपश्चिम, जाजरकोट, हुम्ला, जुम्ला, कालिकोट, मुगु र जुम्लाको पार्टी कार्यालय कब्जामा रहेको दाबी गरेकाे छ। 

सुर्खेतको पार्टी कार्यालयको तालाचाबी दाहाल–नेपाल समूहको कब्जामा छ। 

जिल्ला कमिटी अध्यक्ष ध्रुव शाही र सचिव जितेन्द्र राना दाहाल–नेपाल समूहका हुन्। पूर्वएमालेको पार्टी कार्यालय नै सुर्खेत नेकपाको पार्टी कार्यालय बनाइएको छ। उक्त कार्यालय पनि दाहाल–नेपाल समूहकै कब्जामा छ।

जुम्लामा पार्टी कार्यालय पनि दाहाल–नेपाल पक्षको कब्जामा छ। जिल्लामा ओली समूह कमजोर रहेका कारण उसले पार्टी कार्यालय दाबी गरेको छैन।

जिल्ला अध्यक्ष वीरबहादुर कुँवर र सचिव तीर्थबहादुर बुढा दाहाल–नेपाल समूहका हुन्। उक्त कार्यालय तत्कालीन एमालेको कार्यालय हो। पूर्वमाओवादीको कार्यालय भने पनि नेकपाले नै प्रयोग गर्दै आएको छ। 

रुकुम पश्चिममको पार्टी कार्यालय पनि दाहाल–नेपाल समूहले नै दाबी गर्दै आएको छ। 

जिल्ला अध्यक्ष गोपाल शर्मा र सचिव विमल पुन दाहाल–नेपाल समूहका हुन्। त्यहाँ ओली समूह निकै कमजोर छ। 

कालिकोटको पार्टी कार्यालय दाहाल–नेपाल समूहले कब्जामा लिएको छ। जिल्ला अध्यक्ष धर्मजित शाही दाहाल–नेपाल र सचिव नागिन्द्र शाही ओली समूहका छन्। 

मुगुको पार्टी कार्यालय पनि दाहाल–नेपाल समूहकै कब्जामा छ। जिल्ला अध्यक्ष सुरवीर बुढा दाहाल–नेपाल समूहका हुन् भने यसअघि नेपाल निकट मानिने सविच धर्मजित शाही पार्टी विभाजनसँगै ओली समूहको केन्द्रीय सदस्य बनिसकेका छन्। 

जाजरकोटको पार्टी कार्यालय पनि दाहाल–नेपाल समूहको कब्जामा छ। जिल्ला अध्यक्ष ढकवीर राना र सचिव करवीर शाही दाहाल–नेपाल समूहका हुन्।

जाजरकोटको पार्टी कार्यालय पूर्वएमालेको पार्टी कार्यालय हो। एकताअघि माओवादीले भाडामा पार्टी कार्यालय लिएको थियो।

हुम्लाको नेकपा पार्टी कार्यालय पनि दाहाल–नेपाल समूहले पाउने पक्कापक्की जस्तै छ। प्रतिनिधि सभा सदस्य छलक्क लामाले दाहाल–नेपाल समूहका फर्किएसँगै पार्टी कार्यालय उनकै समूहमा हुने पक्का भएको हो।

त्यहाँ सांसद लामाको घरलाई पार्टी कार्यालय बनाइएको छ। उनले फिर्ता नहुने गरी पार्टीलाई घर उपलब्ध गराएका छन्। हुम्लामा नेकपाका जिल्ला अध्यक्ष लालकेशर जैसी दाहाल–नेपाल समूहका हुन् भने सचिव दल रावल ओली समूहका हुन्।

प्रकाशित: Dec 30, 2020| 11:53 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।