एजेन्सी- भारतमा कोरोना भाइरसको संक्रमणबाट ५०० भन्दा बढी डाक्टरहरुको मृत्यु भएको छ।
इन्डियन मेडिकल एसोसियशनको एक रिपोर्टअनुसार सेप्टेम्बर २०२० सम्म कोरोना भाइरसको संक्रमणबाट ५०० भन्दा बढी डाक्टरहरुको मृत्यु भएको हो।
मृत्यु हुनेमा सबैभन्दा बढी जनरल प्राक्टिशनर थिए भने ४१ देखि ६० वर्ष उमेरका बढी थिए।
बीबीसी हिन्दीका अनुसार सबैभन्दा बढी तमिलनाडुमा ४० जना डाक्टरको मृत्यु भएको छ। त्यसपछि महाराष्ट्र र तेस्रो नम्बरमा गुजरातमा सबैभन्दा धेरै डाक्टरहरुको मृत्यु भएको छ।
भारतमा कोरोना भाइरसबाट १ लाख ४८ हजार मानिसको मृत्यु भइसकेको छ। जसमा सबैभन्दा जोखिम क्षेत्रमा काम गर्ने डाक्टरहरुले पनि ठूलो संख्यामा ज्यान गुमाएका हुन्।
भारतमा अहिलेसम्म १ करोड २ लाख ४५ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ९८ लाख मानिस संक्रमणमुक्त भइसकेका छन्।