सोमबार, साउन ११, २०८३

सिंगापुरमा पनि कोभिड-१९ विरुद्धको खोप लगाइँदै 

सिंगापुरमा आजबाट कोभिड-१९ विरुद्धको खोप लगाउन थालिएको छ।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

सिंगापुर- सिंगापुरमा आजबाट कोभिड-१९ विरुद्धको खोप लगाउन थालिएको छ।

यो खोप पहिलो चरणको हो। 

पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरूलाई दिइने जानकारी गराइएको छ।

नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वास्थ्यकर्मीहरूलाई दिइने सिंगापुरको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

उक्त एनसीआईडीका कम्तीमा पनि ३० जना कर्मचारीका साथै अरू अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मीहरू र उक्त केन्द्रका प्रशासनका कर्मचारीहरूलाई पहिलो चरणमा खोप लगाइने छ।

त्यसपछि अरू स्वास्थ्यकर्मी तथा महामारी नियन्त्रणका लागि पहिलो पंक्तिमा नै खट्नुपर्ने अवस्थाका अन्य कर्मचारीलाई आगामी वर्ष अर्थात् सन् २०२१ को जनवरीमा नै लगाइने बताइएको छ। 

त्यसैगरी आगामी फेब्रुअरीबाट कम्तीमा पनि ७० वर्ष नाघेका ज्येष्ठ नागरिकहरूलाई यो खोप दिइने सिंगापुरको स्वास्थ्य मन्त्रालयले दिएको छ। रासस

प्रकाशित: Dec 30, 2020| 07:17 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।