शुक्रबार, असोज २, २०८३

साकारलाई देवकोटा र दाहाललाई घले पुरस्कार

कवि शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं–  आधुनिक नेपाली कविताको विकासमा विशिष्ट योगदान गरी देशदेशान्तरमा नेपाली भाषासाहित्यको गरिमा बढाएबापत कवि शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ। ताम्रपत्रसहित सो पुरस्कारको राशि एक लाख रुपैयाँ  छ।  

साकार नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि ६ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित छन्।

यसैगरी २५ हजार रुपैयाँ राशिसहितको ‘भद्र घले पदक’ नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाललाई प्रदान गरिने भएको छ। 

त्रिमूर्ति निकेतनका संस्थापक या सदस्यमध्ये एक जनालाई हरेक वर्ष प्रदान गरिने सो पदक त्रिमूर्ति निकेतनको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्‍याएबापत दाहाललाई समर्पण गर्न लागिएको भएको हो।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बुधबार बसेको निकेतनको सभाले सो निणर्य गरेको हो।

प्रकाशित: Dec 30, 2020| 05:47 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।