शनिबार, वैशाख २७, २०८२

ब्रिटिसलाई हराएको २०५ वर्षपछि पर्सागढीमा विजयोत्सव

नेपाली सेनाले ब्रिटिस सेनालाई पर्सागढीको युद्धमा वि.सं. १८७१ पुस १९ गते पराजित गरेको थियो।
 |  बुधबार, पुस १५, २०७७
nespernesper

जियालाल साह

जियालाल साह

बुधबार, पुस १५, २०७७

vianetvianet

पर्सा– जिल्लाको पर्सागढीमा तत्कालीन ब्रिटिस साम्राज्यलाई पराजित गरेको २०५ वर्षपछि विजयोत्सव मनाउने भएको छ। पर्सागढी नगरपालिकाले पुस १९ गते विजयोत्सव मनाउने निर्णय गरेको हो। 

triton college

नेपाली सेनाले ब्रिटिस सेनालाई पर्सागढीको युद्धमा वि.सं. १८७१ पुस १९ गते पराजित गरेको थियो।

गढीमा दसैंको नवमी–दशमीका दिन बलि दिने परम्परा छ। ऐतिहासिक युद्ध जितेको दुई सय वर्ष पूरा भएको अवसरमा ०७२ सालमा पर्सागढी महोत्सव आयोजना गरिएको थियो। 

ब्रिटिस सेनलाई हराएको २०५ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी विजयोत्सव मनाउन लागिएको नगरपालिकाका मेयर लोकनारायण यादवले जानकारी दिए। 

गढी संरक्षण र प्रवद्र्धनका लागि नगरपालिकाले संग्रहालय, मण्डप, शौचालय लगायतका पूर्वाधार बनाउन लागेको छ। यसमा नेपाली सेना र स्थानीय संघसंस्थाले सहयोग गर्ने भएका छन्। 

National life insurance

तत्कालीन युद्धमा नेपाली सेनालाई सघाएका स्थानीय रञ्जित चौधरीका छैटौं पुस्ताका अगुवा बृजमोहन चौधरीले भने, ‘मन्त्री तथा सांसदहरूले गढीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने कुरा उठाए तर कार्यान्वयन गरेनन््।’ स्थानीय तह अग्रसर भएपछि गढीको संवर्धन हुने विश्वास चौधरीको छ।

स्थानीय युद्धकलाबाट जितेको त्यो युद्ध

वि.सं. १८७१ मा पर्सागढीमा भएको युद्धमा नेपाली सेनालाई स्थानीय रञ्जित चौधरीले वरपरका पाँच गाउँबाट सहयोग जुटाएका थिए। 

चण्डीप्रसाद गण श्रीपुर वीरगन्जका प्रमुख सेनानी मदनजंग राणाका अनुसार नेपाली सेनाका कमान्डरले स्थानीय रञ्जित चौधरीसँग सल्लाह गरी युद्ध रणनीति बनाएका थिए। 

चौधरीले अपनाएको स्थानीय युद्धकलाअनुसार नेपाली सोले ब्रिटिस सेनामाथि अंग्रेजी नयाँ वर्षका दिन आक्रमण गरेको इतिहास छ। 

पश्चिमको तिलाव र पूर्वको सिंघाई खोलामा बाँध बाँधेर नेपाली सेना र स्थानीय उत्तरबाट ब्रिटिस सेनामाथि जाइलागेका थिए। 

अत्याधुनिक हतियारसहित पर्सागढी हुँदै मकवानपुरमा आक्रमण गर्न आएका जेनिट मार्ललाई नेपाली सेनाले रोकेको थियो। 

चौधरीको अगुवाइमा कोही स्थानीयले नदीमा बाँध बाँधेका थिए। कसैले भोजनको बन्दोबस्त गरेका थिए त कसैले हतियार संकलन गरेका थिए। केही स्थानीयले गाउँबाट राँगा संकलन गरेका थिए। 

राणाका अनुसार नेपाली सेनाले रातिको समयमा राँगाको सिङमा मसाल बनाई इस्ट इन्डिया कम्पनीविरुद्ध धावा बोलेको थियो।

नयाँ वर्षको रमझममा रहेका ब्रिटिस सेनाले आक्रमणको भेउ पाउन सकेनन्। उनीहरू सिङमा मसाल बालेका राँगाको हुललाई सैनिकको भीड सम्झिएर निकै त्रसित भएर आक्रमणमा उत्रिए। यस क्रममा कोही डरले भागे भने केही नदीमा बगेर मरेका थिए। 

अत्याधुनिक हतियारले सम्पन्न ब्रिटिस सेनाको गोलाबारुद राँगामाथि प्रहार गर्दा सकिएको थियो। त्यसपछि खुकुरी, खुर्पा, हँसियालगायत घरेलु हतियारको सहयोगमा नेपाली सेनाले ब्रिटिस सेनालाई हराएको इतिहासमा उल्लेख छ। 

कतिपयलाई त नेपाली सेनाले लखेटी–लखेटी मारेको सेनाको इतिहास उल्लेख गर्दै प्रमुख सेनानी राणाले जानकारी दिए। 
राणाका अनुसार त्यति बेला इस्ट इन्डिया कम्पनीले नेपालका पाँचवटा नाकामा आक्रमण गरेको थियो।

पश्चिम क्षेत्रबाट डेबिट अकटल, गडबालबाट मेजर जनरल जेलेप्सी, गोरखपुरबाट जनरल सूर्यमान र पर्सागढी हुँदै मकवानपुरबाट जेनिट मार्लले आक्रमणको नेतृत्व गरेका थिए।

तीमध्ये तीन वटा नाकामा नेपाल पराजित भएको थियो भने दुई वटामा विजयी भएको थियो। विजयी गढीमध्ये पर्सागढी एक हो। 

प्रधानसेनापति पूर्णचन्द थापाको निर्देशनबमोजिम पर्सागढी संरक्षण गर्न लागिएको प्रमुख सेनानी राणाले जानकारी दिए। 
नेपाली सेना, पर्यटन पत्रकार संघ पर्सा, होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज र पर्सागढी नगरपालिकाको संयोजकत्वमा पर्सागढी प्रवद्र्धन गर्न लागिएको हो।

तत्कालीन राजा गीर्वाणयुद्धका पालामा १८७१ चैत ८ गते भीमसेन थापा, यादव गिरी, शमशेर शाम, रणध्वज थापा र दलभञ्जन पाण्डेमार्फत जारी लालमोहरमा स्थानीय रञ्जित चौधरीको सहयोगमा ब्रिटिसलाई हराएको उल्लेख रहेको उनका छैटौं पुस्ताका अगुवा बृजमोहन बताउँछन्।

गढीमा रञ्जित चौधरीको कुलदेवता बन्हर बाबाको मन्दिर र विजयस्तम्भ छ। 

प्रकाशित: Dec 30, 2020| 04:55 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।