मंगलबार, चैत १०, २०८२

वैकल्पिक विधि प्रभावकारी नबनेपछि विद्यालयबाटै पढाइ सुरु, अभिभावकले पठाएनन् बालबालिका

जिल्लामा विद्यालय खुले पनि विद्यार्थीको सहभागिता कम छ। कोरोनाका कारण अभिभावकले विद्यार्थी पठाएका छैनन्।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

इलाम– कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै खुल्न थालेका छन्। 

National life

गत वैशाखबाटै शैक्षिक सत्र सुरु भए पनि कोरोनाका कारण विद्यालय बन्द भएका थिए। सरकारले विद्यालय शिक्षा निर्देशिका जारी गरे पनि विद्यालय खुल्न सकेका थिएनन्। 

सिकाइ सहजीकरण निर्देशिका, ०७७ जारी गर्दै पाठ्यक्रम समायोजन भएको छ। अध्यापन र अध्ययन सहज भएकाले नियमति समयमै पाठ्यक्रम सक्ने उद्देश्य राखेर विद्यालय सुरु भएका हुन्। 

जिल्लामा तिहार लगत्तै केही विद्यालय खुले पनि कोरोना महामारीको प्रभाव विद्यालयस्तरमै सर्ने अनुमानपछि बन्द भएका थिए। पछिल्लो समय भने स्थानीय तहको निर्देशनानुसार विद्यालय खुलेका हुन्। 

पठनपाठनका लागि विद्यालय शिक्षण पद्धतिको विकल्प प्रयोग गरिए पनि विद्यार्थीको पहुँच नपुगेकाले त्यस्ता विधि प्रभावकारी बन्न सकेनन्। त्यसैले पनि विद्यालय शिक्षण पद्धतिमा फर्किनु परेको जिल्ला शिक्षा तथा समन्वय एकाइ इलामका प्रमुख शम्भु थापा बताउँछ्। 

Laxmi sunrise bank
kumari

‘शिक्षणका लागि समन्वय एकाइ, स्थानीय तह र विद्यालयकै सहकार्यमा विभिन्न विधि प्रयोग गरियो तर कुनै विद्यालय शिक्षण पद्धतिको तुलनामा कम प्रभावकारी देखिए’, थापाले भने। विद्यालयहरूले टोल शिक्षण, एफएम–रेडियो शिक्षण, भर्चुअल शिक्षण पनि प्रयोग गरे तर परिमाण सन्तोषजनक नआएको उनले बताए।  

एकाइका प्रमुख थापाका अनुसार एफएम रेडियो शिक्षण पद्धतिमा विद्यार्थीको सहज पहुँच पुगे पनि विद्यार्थी शिक्षकको निगरानीमा नआउने भएकाले अध्यापन प्रभावकारी देखिएन। ‘विद्यार्थीलाई एफएमबाट पढ्न अनुरोध गरियो तर विद्यालयमा जस्तो शिक्षकको निगरानीमा नभएकाले खासै उपलब्धिमूलक देखिएन’, थापाले भने। 

महामारीमा विद्यालय शिक्षण गर्न नसक्ने भन्दै दुई स्थानीय तह (इलाम नगरपालिका र सूर्योदय नगरपालिका) ले रेडियो शिक्षण पद्धति अपनाए। स्थानीय तीन रेडियोमार्फत शिक्षण गराउँदासमेत उपलब्धि हासिल नहुँदा बीचैमा बन्द गरियो। 

रेडियो शिक्षण प्रभावकारी नबन्दा बजेटसमेत खर्च नभई फर्किएको छ। ‘कार्यक्रम सञ्चालन गर्नुअघि विभिन्न वडामा माइकिङसमेत गरेका थियौँ’, सूर्योदय नगरपालिकाका शिक्षा अधिकृत योगनिधि भट्टराईले भने, ‘तर पनि प्रभावकारी नहुँदा बीचैमा रोक्नुपर्यो।’

केही स्थानीय तहले घुम्ती शिक्षण पद्धतिसमेत चलाए। यो पद्धति पनि प्रभावकारी बनेन। त्यसपछि केही विद्यालयले जुम पद्धतिबाट अध्यापन गराउन थालेका छन्। 

विशेषगरी निजी विद्यालयहरूले यो पद्धति लागू गरे पनि प्रभावकारी नभएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इलामका अध्यक्ष विकास कर्मचार्य बताउँछन्।  कर्मचार्यका अनुसार स्थानीय तहले सहजीकरण नगरिदिँदा प्रभावकारी नबनेको हो। 

‘विद्यार्थीलाई मात्र होइन अभिभावकलाई समेत जानकारी गराउनु पर्दो रहेछ । समन्वय अभाव भयो’, कर्मचार्यले भने, ‘सबै क्षेत्रमा इन्टरनेटको उपभोग गर्न सकिएन। मुख्य कुरा चाहिँ स्थानीय तहले सहजीकरण गरिदिएनन्।’ 

केही समयअघि विद्यालय खोल्ने क्रममा जिल्ला सुरक्षा समिति र स्थानीय तहको मापदण्ड पनि बाझिएको थियो। प्रशासनले बन्द गरेको र स्थानीय तहले खोल्न अपिल गरेकाले सरोकारवालासमेत अन्योलमा परेका थिए। 

पछिल्लो समय अन्योल त छैन तर वैकल्पिक माध्यमको फाइदा हुन नसक्नुमा चाहिँ स्थानीय तहको कमजोरी रहेको कर्मचार्यको तर्क छ। आउँदा दिनमा पनि कोरोना पुनः भयावह भएमा वैकल्पिक विधि नअपनाउँदा शैक्षिक क्षेत्र समस्याबाटै गुज्रिनु पर्ने अनुमान उनको छ।  

जिल्लामा विद्यालय खुले पनि विद्यार्थीको सहभागिता कम छ। कोरोनाका कारण अभिभावकले विद्यार्थी पठाएका छैनन्।  यसले अझै पनि पठनपाठन ढिलो हुने सम्भावना छ। फाट्टफुट्ट कोरोना सङ्क्रमित भेटिँदै गएकाले अभिभावकले विद्यार्थी नपठाएको शिक्षा समन्वय एकाइ बुझाइ छ।

प्रकाशित: Dec 30, 2020| 01:40 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्