बिहीबार, फागुन २८, २०८२

जहाँ विश्वको सबैभन्दा ठूलो बारुदी सुरूङ छ

यो वर्षको डिसेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेस्टर्न सहारा माथि मोरोक्कोलाई मान्यता दिएका थिए। आखिर यहाँ किन संघर्ष भइरहेको छ र यो क्षेत्र कति महत्वपूर्ण छ ? यो जान्नलाई यी केही तथ्य थाहा पाउनैपर्छ।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

काठमाडौं– करिब २ लाख ७० हजार वर्गकिलोमिटरमा फैलिएको बालुवाले घेरिएको र थोरै जनसंख्या भएको यो ठाउँमा पछिल्लो ५० वर्षयता संघर्ष चलिरहेको छ।

National life

अफ्रिकाको उत्तर–पश्चिमी तटस्थित वेस्टर्न सहारा कुनै बेला स्पेनको उपनिवेश थियो। जसलाई सन् १९७५ मा मोरक्कोले हत्याएको थियो। सन् १९९९१ मा संयुक्त राष्ट्र संघको मध्यस्तामा भएको सम्झौतामा मोरक्को र पोलिसारियो फ्रन्टका बीचमा भइरहेको युद्ध रोकिएको थियो। 

पश्चिमी अफ्रिकाले संघर्षलाई भुलिसकेको थियो। तर, सन् २०२० का दुई घटनाले फेरि त्यो संघर्षलाई सम्झाइदिएको छ। यो वर्ष मोरक्कोले सीमा क्षेत्रस्थित एक असैन्य पोस्टतर्फ कदम बढाएपछि पुनः युद्ध जस्तो हालत देखिएको छ।

यो वर्षको डिसेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेस्टर्न सहारा माथि मोरोक्कोलाई मान्यता दिएका थिए। आखिर यहाँ किन संघर्ष भइरहेको छ र यो क्षेत्र कति महत्वपूर्ण छ ? यो जान्नलाई यी केही तथ्य थाहा पाउनैपर्छ।

१. असीमित प्राकृतिक स्रोत

Laxmi sunrise bank
kumari

यो क्षेत्र सहारा मरुभूमिको पश्चिममा छ र एटलान्टिक महासागरसम्म एक हजार किलोमिटरसम्म फैलिएको छ। त्यसको उत्तरमा मोरक्को छ, पूर्वमा अल्जेरिया र दक्षिण र दक्षिणपूर्वमा मोरिटानिया छन्। 

करिब दुई लाख ७० हजार वर्गकिलोमिटरमा फैलिएको यो दुर्गम इलाकामा केवल दश लाख मानिस बस्छन्। यहाँ फोस्फेटको ठूलो भण्डार छ। माछा मार्न उपयुक्त ठाउँ समेत यहिँ छ।

२. जमिनमाथिको दावी र स्वतन्त्रता 

मूलरुपमा बेर्बेर जनजाति समुदायको इलाका रहेको पश्चिमी सहारा माथि सन् १८८४ मा स्पेनको नियन्त्रण थियो। ५० वर्षपछि सन् १९३४ मा यसलाई स्पेनको एक प्रान्तको दर्जा दिइएको थियो। त्यो बेला यो ठाउँलाई स्पेनिस सहारा भनिन्थ्यो। सन् १९६५ मा संयुक्त राष्ट्रसंघले स्पेनसँग त्यहाँ आफ्ना उपनिवेश समाप्त गर्न आग्रह गरेको थियो। मोरक्कोको राजशाहीले सन् १९५९ मा स्वतन्त्रता हासिल गरेको थियो। जब पश्चिम सहारामा मोरक्कोको दावी बलियो भइरहेको थियो, तब मोरक्को र मोरिटानिया सन्धीबाट पश्चिमी सहारामा आ–आफ्नो दावी पेश गर्न थाले। 

त्यही बेला पश्चिमी सहारामा स्वतन्त्रताका लागि आन्दोलन सुरु भयो। सन् १९७३ मा पोलिसारियो फ्रन्ट गठन भयो। सन् १९७४ मा स्पेनले सहाराका मानिसहरुलाई धेरै स्वतन्त्रता दिने र अर्को वर्ष स्वतन्त्रताका लागि जनमत संग्रह गर्ने निर्णय गर्‍यो।

तर सन् १९७५ मा स्पेनले जनमत संग्रह नगरी उपनिवेश समाप्त गरिदियो। त्यही बेला मोरक्कोले त्यहाँ कब्जा जमायो। मोरक्कोले आफ्ना देशका मानिसहरुलाई त्यहाँ बसाउन थाल्यो। सन् १९७५ को नोभेम्बरमा मोरक्कोबाट साढे तीन लाख भन्दा धेरै मानिस पश्चिमी सहारामा आए। त्यही बेलादेखि पोलिसारियो फ्रन्टले मोरक्को विरुद्ध गुरिल्ला युद्ध सुरु गर्‍यो। त्यो युद्ध १६ वर्षसम्म चलेको थियो। 

फ्रन्टले अल्जेरियाको सहयोगबाट सहरावी अरब डेमोक्रेटिक रिपब्लिक (एसएडीआर) घोषणा ग¥यो। पछि सन् १९७९ मा मोरिटानियाले पश्चिमी सहारा माथि आफ्नो दावी छोड्यो।

३. वर्षौंसम्म चल्यो संघर्ष

मोरक्कोविरुद्ध पोलिसारियो फ्रन्टलाई सुरुवाती वर्षमा सफलता प्राप्त भयो। तर, पछि भने फ्रन्ट भित्री क्षेत्रतर्फ भाग्नुप¥यो। सन् १९८० को दशकमा मोरक्कोले आफ्नो नियन्त्रण भएको इलाकामा बालुवा र ढुंगाको पर्खाल बनायो। ताकि गुरिल्ला लडाकुलाई टाढा राख्न सकियोस्। सबैभन्दा बाहिरी पर्खाल २७०० किलोमिटर लामो छ। जसको दायरामा पश्चिमी सहाराको ८० प्रतिशत क्षेत्र आउँछ, जुन अहिले मोरक्कोको नियन्त्रणमा छ।

यहाँ काँडे तार लगाइएको छ र बारुदी सुरुङ बनाइएको छ। यो विश्वको सबैभन्दा ठूलो बारुदी सुरूङ क्षेत्रमध्ये एक हो। अहिले एसएडीआरसँग केवल २० प्रतिशत इलाका मात्रै बाँकी छ। त्यो पनि बालुवा र खाली मरुभूमि मात्रै हो। सन् १९९१ मा सम्झौता भइन्जेलसम्म लडाइँ जारी रह्यो। सम्झौताबमोजिम जनमत संग्रह हुनुपर्ने थियो, तर हुन सकेन।

गत वर्षको नोभेम्बरमा मोरक्कोको सेनाले एक चौकी पार गर्‍यो र पुनः त्यहाँ युद्धको अवस्था निम्तियो। पेलिसारियो फ्रन्टले यो मोरक्कोको तर्फबाट सम्झौताको उल्लंघन भएको बतायो र समूचे क्षेत्रमा युद्धको आह्वान ग¥यो। त्यही बेलादेखि फ्रन्टले मोरक्कोको सेना माथि आक्रमण गरिएको दावी गरिरहेको छ। मोरक्कोले यसलाई अस्विकार गरिरहेको छ।

पोलिसारियो फ्रन्ट र मोरक्को दुवैले विवादित क्षेत्रमा बाहिरी विश्वका मानिसको सम्पर्कमा जानबाट रोक लगाएका छन्। यस्तो अवस्थामा यी दावीलाई स्वतन्त्ररुपमा पुष्टि गर्न सम्भव छैन। यो विवादले मोरक्को र अल्जेरियाका बीच समेत तनाव पैदा गरेको छ। अल्जेरिया र मोरक्कोबीचको सिमा सन् १९९४ बाट नै बन्द छ। 

अल्जेरियाको मरुभूमी सहर टिन्डोफका इर्दगिर्दे सहरावी शरणार्थीको अवस्था निकै दयनीय छ। टिन्फोडमा शरणार्थीको संख्या एकदेखि दुई लाख रहेको अनुमान गरिएको छ।

४. जनमत संग्रह कहिलै भएन

त्यहाँका मानिस मोरक्कोसँगै रहन्छन् वा स्वतन्त्र देश बनाउने निर्णय गर्छन् भनेर संयुक्त राष्ट्र संघले जनमत संग्रह गर्न चाहन्थ्यो। त्यसका लागि संयुक्त राष्ट्र संघले मिसन समेत स्थापित गरेको थियो। तर, जनमत संग्रह अहिलेसम्म हुन सकेको छैन। सन् १९९१ मा सम्झौता भएपछि नै जनमत संग्रहको कुरा उठिरहेको छ। तर, हालसम्म जनमत संग्रह भएको छैन।

५. अहिले वेस्टर्न सहाराको दर्जा किन दिइयो ? 

८० भन्दा धेरै देशले एसएडीआरलाई मान्यता दिएका छन्। यसमा दक्षिण अमेरिकाका केही देश समेत समावेश छन्। संयुक्त राष्ट्रसंघले यसलाई गैरस्वायत्त क्षेत्र मान्ने गरेको छ। तर जनमत संग्रहको अधिकार भने राष्ट्रसंघले दिएको छ।

यद्यपि हालै अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई मोरक्कोको क्षेत्र मानेका छन्। बीबीसीका उत्तरी अफ्रिका संवाददाता राना जावेदका अनुसार अमेरिकी राष्ट्रपतिले मोरेक्कोको अधिकारलाई मान्यता दिनुले ग्राउन्डमा ठूलो असर पर्दैन। ट्रम्पको अभिव्यक्तिलाई एसएडीआर र पोलिसारियो फ्रन्टले विरोध गरेका थिए।

फ्रान्सले समेत पश्चिमी सहारामा मोरक्कोको अधिकार रहेको बताएको छ। अर्थात संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा दुई यस्ता देश छन्, उनीहरु मोरक्कोको पक्षमा छन्। जसले भिटोको अधिकार समेत राख्छन्। यद्यपि संयुक्त राष्ट्रसंघका अध्यक्ष एन्टोनियो गुटेरेसले भने सुरक्षा परिषदले यो विवादलाई हल गर्ने बताएका छन्।

बीबीसी संवाददाता राना जावेद भने अब एक स्वतन्त्र वेस्टर्न सहाराको सम्भावना निकै कम रहेको बताउँछन्। पछिल्लो एक महिनायता बढिरहेको तनावलाई हेर्दा अवस्था अझ खराब हुनसक्ने उनको अनुमान छ। 

–बीबीसी हिन्दीबाट
 

प्रकाशित: Dec 29, 2020| 12:10 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।