शुक्रबार, असोज २, २०८३

कर्मठ केटीहरू : सशक्त महिलासँग कसरी व्यवहार गर्ने बुझाउनै बाँकी छ  

दोस्रो सत्र ‘कर्मठ केटीहरू’ मा शर्मा र मानन्धरसँगै ‘खाली सीसी’ संस्थाकी आयुषी केसीले आफ्ना उद्यम, यसमा रहँदाका चुनौती, समाज, राज्य र अन्र्तराष्ट्रिय क्षेत्रले महिला व्यवसायीलाई गर्ने व्यवहार लगायत विषयवस्तुबारे आफ्ना अनुभव र विचार साटासाट गरे।
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

पोखरा– बाल–कुपोषण न्यूनीकरण र मातृस्वास्थ सुधारमा नेपालले २५ वर्ष लगाएर हासिल गरेको सफलता कोभिड–१९ कारण २५ दिनमै धरापमा परेको सोसल चेन्जमेकर एन्ड इन्नोभटेरर्स (सोचाइ) की संस्थापक बोनिता शर्माले बताइन्।

शर्मा उनै हुन्, जसलाई सन् २०१९ मा बीबीसीले विश्वका प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा समेटेको थियो। उनी महिला र बाल–स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएकी छन्, नवउद्यमी हुन्। 

शर्माकै समकालीन अर्की महिला उद्यमी सोनिका मानन्धरले चाहिँ २५ वर्षदेखि महिलाको हालत उस्तै रहेको उल्लेख गरिन्। ‘नेपालमा २५ वर्षअघिदेखि महिलाले सफा टेम्पु चलाउन थाल्नुभएको हो,’ उनले भनिन्, ‘अहिले उहाँहरूले सफा टेम्पु छाडेर इलेक्ट्रिक ट्याक्सी किन्न वा कामका लागि ऋण माग्नुभयो भने कुनै पनि बैकले उहाँहरूलाई पत्याउँदैनन्। यत्रो वर्षदेखिको योगदानपछि पनि नेपालमा महिलालाई विश्वास गरिँदैन।’ 

आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं शृंखलाको पहिलो दिनको दोस्रो सत्र ‘कर्मठ केटीहरू’ मा शर्मा र मानन्धरसँगै ‘खाली सीसी’ संस्थाकी आयुषी केसीले आफ्ना उद्यम, यसमा रहँदाका चुनौती, समाज, राज्य र अन्र्तराष्ट्रिय क्षेत्रले महिला व्यवसायीलाई गर्ने व्यवहार लगायत विषयवस्तुबारे आफ्ना अनुभव र विचार साटासाट गरे।

तीनै युवा व्यवसायीका कामलाई बीबीसी, फोब्स , नेसनल जियोग्राफिकजस्ता अन्तर्राष्ट्रिय संस्थाले पहिचान गरेको उल्लेख गर्दै मध्यस्थकर्ता आभाष्ना पाण्डेले उद्यमीका रूपमा उनीहरूलाई आफ्नै देशले चाहिँ कस्तो व्यवहार गर्छ भनी जिज्ञासा राखेकी थिइन्। 

यसमा खाली सीसीकी आयुषीले भनिन्, ‘देशले वास्ता गरेन भनेर दोष लगाइहनुभन्दा हामीले निरन्तर घचघच्याइरहनुपर्छ भन्ने ठान्छु। निरन्तरको प्रयासले नै अहिले हामी काठमाडौं महानगरपालिकाको वातावरण शाखासँग मिलेर काम गर्ने अवस्थामा पुगेका छौं।’

बोनिता र सोनिकाले चाहिँ युवा व्यवसायीलाई सरकारले तक्मा दिनुभन्दा काम गर्ने वातावरण र अवसर मिलाइदिए पर्याप्त हुने बताए।

‘दुर्भाग्यको कुरा, नेपालमा विदेशीले ठप्पा नलगाइदिएसम्म कसैले पत्याउँदैन,’ बोनिताले भनिन्, ‘म बीबीसीको सूचीमा पर्नुअघि हत्तपत्त मान्छेले मेरो काम, कुरा सुन्दैनथे। अहिले चेली, छोरी भन्दै व्यवहार गर्छन्।’ बीबीसीको सूचीमा परेपछि आफूलाई बागमती प्रदेशको योजना आयोगको एक समितिमा सदस्य बनाइएको उनले अवगत गराइन्।

ग्रिन माइक्रो आन्ट्रप्रेनरका लागि महिलामाझ वित्तीय पहुँच पुर्‍याउन डिजिटल टोकन सिस्टम प्रविधि निर्माण गरेको एलोई टेक्नोलोजिकी सोनिकाले व्यवसाय क्षेत्रमा प्रयोग हुने इन्नोभेसन (आविस्कार) बारे पनि बोलेकी थिइन्। 

उनका अनुसार आविष्कार भनेको प्रोग्रेस (प्रगति) हो। ‘सबै इन्नोभेसन हाई–टेक हुन्छन् भन्ने छैन, लो–टेक नै खासमा हाई–टेक हो,’ उनले भनिन्। 

इन्नोभेसनहरू उच्च प्राविधिक हुनुनपर्ने बरु भइरहेको पद्धतीलाई सुधार गर्न सके त्यो नै इन्नोभेसन हुने आयुषीको भनाइ थियो। यही सन्दर्भमा बोनिताले थपिन्, ‘समाजमा विद्यमान समस्याको लो–टेकबाटै समाधान निकाल्न सकिन्छ। समाज सुहाउँदो समाधान खोज्न सक्नुपर्छ, यसरी सुधार होला भनेर पहिल्यै एजम्सन राख्नु हुँदैन। भुँइसतहमै पुग्नुपर्छ।’

पितृसत्तात्मक समाजका प्रभावबारे राखिएको प्रश्नमा तीनजना वक्ताले अझै पनि खुलेर बोल्ने, नेतृत्व लिने र विश्वास आर्जन गर्ने कुरामा महिलालाई शंकाको दृष्टिले हेरिने बताए। 

‘मेरो एउटा सामान्य ट्वीटमा थुप्रै नराम्रा प्रतिक्रिया आएका थिए,’ बोनिताले भनिन्, ‘यसबाट मैंले के बुझें भने हामीले महिला सशक्तीकरणका बारे थुप्रै बोलेछौं। तर सशक्त महिलासँग कसरी व्यवहार गर्ने भन्नेबारे चाहिँ बुझाउनै बाँकी रहेछ।’ 

आयुषीले भने खाली सीसी, पुराना कागज संकलन गर्ने दाजुहरू एककठ्ठा पार्न सुरुमा गाह्रो भएको स्मरण गरिन्। ‘उहाँहरू अलि टे«लिडसनल पृष्ठभूमिको मान्छे हुनुभएकाले केटीले नेतृत्व गरेको संस्थाले के नै गर्ला भन्ने लागेको हुनुपर्छ,’ उनले भनिन्, ‘उहाँहरूलाई निर्देशन गर्न गाह्रै भयो। तर पछि तिनै सुरुका दाईहरूले अन्य दाईहरू पनि लिएर आउनुभयो।’

यो टोलीले कोरोनाका बेला आइपरेका गाह्रोसाह्रोबारे पनि केहीबेर भलाकुसारी गरेको थियो। काठमाडौंस्थित कार्यालयको कामका असर नपरे पनि फिल्डमा जान नसक्दा समस्या भएको सोनिकाले बताइन्। उनले लकडाउनका बेला रोजगारी ठप्प भएका महिला सफा टेम्पु चालकलाई मान्छेको सट्टा सामान ओसारपसारतर्फ लगाएको बताइन्।

सत्रको अन्त्यमा वक्ताहरूले स्टार्टअप सरकारी नीति–निर्माण कुर्नुभन्दा आफ्नै कामको उदेश्य र प्रतिफलबारे केन्द्रित भएर लागिपर्नुपर्ने बताए।


 

प्रकाशित: Dec 29, 2020| 11:22 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।