सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना भाइरसबारे बोल्ने चीनकी एक ‘नागरिक पत्रकार’ लाई ४ वर्ष जेल

कोरोना भाइरसबारे बोल्ने चीनकी एक ‘नागरिक पत्रकार’ लाई ४ वर्ष जेल

चीनमा कोरोना भाइरसबारे आम मानिसलाई जानकारी दिने एक ‘नागरिक पत्रकार’ लाई त्यहाँको एक अदालतले ४ वर्ष जेल सजायँ सुनाएको छ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

एजेन्सी- चीनमा कोरोना भाइरसबारे आम मानिसलाई जानकारी दिने एक ‘नागरिक पत्रकार’ लाई त्यहाँको एक अदालतले ४ वर्ष जेल सजायँ सुनाएको छ।

३७ वर्षीया पूर्व वकिल झाङ झानलाई ‘नागरिकलाई त्रसित बनाउने गरी सामग्री सम्प्रेषण गरेको’ आरोपमा ४ वर्ष जेल सजायँ सुनाइएको हो।

गत वर्ष वुहान सहरमा कोरोना भाइरसको संक्रमण फैलिँदा उनले एउटा रहस्यमय निमोनियाको संक्रमण फैलिएको भन्दै आफ्नो सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गरेकी थिइन्।

कोरोना भाइरस भन्ने नाम प्राप्त नभइसकेको बेला एक संक्रामक निमोनिया रोगबारे उनले सामाजिक सञ्जालमा राखेको जानकारीमूलक सामग्री कारण उनलाई पक्राउ गरिएको थियो। झानले राखेको सामग्री चीनमा निकै भाइरल बनेको थियो।

तर त्यहाँको प्रहरी प्रशासनले उनले आम मानिसलाई त्यस्तो सामग्री राखेर त्रसित बनाएको आरोपमा पक्राउ गरेको हो।

पक्राउ परेपछि उनी आफू निर्दोष रहेको भन्दै लामो समयसम्म भोक हड्तालमा बसेकी थिइन्।

प्रकाशित: Dec 28, 2020| 11:26 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।