बिहीबार, असोज १, २०८३

साउदी अरेबियाले स्थगित गर्‍याे अन्तर्राष्ट्रिय उडान

साउदी अरेबियाले व्यावसायिक यात्रुवाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ। 
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

रियाद- साउदी अरेबियाले व्यावसायिक यात्रुवाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ। 

कोरोना भाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो। 

साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन्।

साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो सामान ओसारपसारका लागि हवाई उडान खुला गरिएको साउदी सरकारको भनाइ छ। 

साउदी अरेबिया, कुवेत र ओमानले गत साता नै यात्रुवाहक हवाई उडान रोकेको घोषणा गरेका थिए।

बेलायतमा नयाँ कोरोनाभाइरसको संस्करण देखिएको भन्दै यी मुलुकले जमिन र समुद्री मार्ग पनि बन्द गरेका छन्।

ओमान र कुवेतले आगामी डिसेम्बर २९ र जनवरी १ अर्थात दुई दिन प्रतिबन्धहरू फुकुवा गर्ने बताएका छन्।

यसै महिना साउदी अरेबियाले फाइजर–बायोएनटेकले विकास गरेको खोप लगाउने अभियान थालनी गरेको थियो। 

साउदी अरेबियामा हालसम्म तीन लाख ६२ हजार व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ। यहाँ ६ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

अरब राष्ट्रहरूमध्ये साउदी अरेबियामा सबैभन्दा बढीको मृत्यु भएको हो। रासस

प्रकाशित: Dec 28, 2020| 07:30 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।