सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सांसदहरू संसद् सचिवालयमा

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सांसदहरू संसद् सचिवालयमा

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वमा टोली संसद सचिवालय पुगेको छ।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वमा टोली संसद सचिवालय पुगेको छ।

प्रचण्ड–नेपाल पक्षले दर्ता गर्न लागेको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ। यसअघि संसदीय दलको निर्वाचनमा उनी राईसँग २ मतले पराजित भएका थिए। आचार्यलाई मुख्यमन्त्री बनाउने प्रस्तावको प्रस्तावक इन्द्रबहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी छन्।

आफू सहभागी सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफै लागेको थाहा भएपछि आर्थिक मामिला मन्त्री आङ्बोलाई शनिबार साँझ मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए। 

९३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ६७ जना सदस्य छन्। पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन्। प्रदेशसभामा नेपाली कांग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन्।

मुख्यमन्त्री राईविरूद्व अविश्वास प्रस्ताव दर्ता गर्नुअघि सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास थारूले राजिनामा दिएका थिए।

प्रकाशित: Dec 27, 2020| 04:51 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।