सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै 

प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै 

सत्तारुढ नेकपा विभाजित भएसँगै  पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर तीन मन्त्रीले आइतबार बिहान राजीनामा दिएका हुन् । 
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

मोरङ-  प्रदेश नम्बर १ का तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । 

सत्तारुढ नेकपा विभाजित भएसँगै  पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर तीन मन्त्रीले आइतबार बिहान राजीनामा दिएका हुन् । 

सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएको मन्त्री घिमिरेका स्वकीय सचिव तिलकबहादुर बस्नेतले जानकारी दिए ।

यस्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दाहाल नेपाल पक्षका सांसद्हरुले आजै अविश्वासको प्रस्ताव गर्दा गर्ने तयारी गरेका छन् । अविश्वास प्रस्ताव दर्ता गराउन दाहाल–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरु विराटनगरमा भेला हुन थालेका छन् । 

हिजो (शनिबार) मुख्यमन्त्री राईले दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए । सामुहिक राजीनामा तयारी भइरहदा मुख्यमन्त्री आफैले बर्खास्त गरेर अविश्वासको प्रस्ताव पेश गर्न बाटो सहज बनाइदिएको बर्खास्तीमा परेका मन्त्री आङबोले बताएका छन् । 

मुख्यमन्त्री राई नेतृत्वको सरकार प्रदेशसभामा अल्पमतमा परेको छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार सञ्चालन वा नयाँ गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ ।

राईको पक्षमा २२ जनामात्रै रहेको दाहाल नेपाल समुहको दाबी छ । नेकपाका ६७ सांसद्मध्ये दाहाल–नेपाल पक्षका ४२ र ओली पक्षका २२ जना देखिएका छन् । 

प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ जना छन् । नेकपाका ६७ सदस्यमध्ये पूर्व एमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन् ।

प्रकाशित: Dec 27, 2020| 04:00 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।