सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल नेपाल समूहले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्ने

दाहाल नेपाल समूहले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको सत्तारुढ नेकपाको दाहाल नेपाल समूहले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ । 
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको सत्तारुढ नेकपाको दाहाल नेपाल समूहले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ । 

चरणबद्ध आन्दोलनको घोषणा गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले कार्यकर्ता अभिमूखिकरणका लागि आज देशभर  भेला गर्न लागेको हो ।

नेकपाको यो समूहले आगामी मंगलवार राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्ने जनाएको छ ।

यस्तै, २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुनेछन् । हिजो बसेको उक्त पक्षको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिब्रता दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै विभाजित भएको नेकपाको दाहाल नेपाल समूह संसद् पुर्नस्थापनाको माग गर्दै प्रदर्शन गर्दै आएको छ। 

प्रकाशित: Dec 27, 2020| 03:04 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।