सोमबार, भदौ २२, २०८३

धोबीखोलामा मोटरसाइकल खस्दा चालकको मृत्यु

 काठमाडौंको सुकेधारास्थित धोबीखोलामा मोटर साइकल खस्दा एक युवकको मृत्यु भएको छ  । 
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं- काठमाडौंको सुकेधारास्थित धोबीखोलामा मोटर साइकल खस्दा एक युवकको मृत्यु भएको छ  । 

शनिबार राति करिब साढे ९ बजेतिर बा ३६ प ४०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर धोबीखोलामा खसेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार मोटरसाइकल खोलामा खसेसँगै चालक २७ वर्षीय लोकनारायण श्रेष्ठ गम्भीर घाइते भएका थिए । 
 सिन्धुलीको दुधौली नगरपालिका ५ घर भई काठमाडौं कपन बस्दै आएका श्रेष्ठको चाबहिलस्थित नेपाल भारत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

तिब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिए पनि दुर्घटनाको कारण भने खुलिनसकेको प्रहरीले बताएको छ । 

प्रकाशित: Dec 27, 2020| 02:05 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।