सोमबार, भदौ २२, २०८३

संविधानको रक्षाका लागि संसद् पुनःस्थापना : गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना गर्नुपर्ने बताएका छन् । नेकपा गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकमा उनले संसद् विघटनको सिफारिस असंवैधानिक भएको जिकिर गरे।

उनले भेने, “प्रधानमन्त्रीले संसद् विघटनको जुन निर्णय गर्नुभयो, यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको व्यवस्थालाई सहयोग गर्दैन ।”  विघटित प्रतिनिधिसभामा नेकपाका तर्फबाट प्रमुख सचेतकसमेत रहेका नेता गुरुङले  संसद् पुनःस्थापना गरिछाड्ने जिकिर गरे।

विघटित प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले पार्टीबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहयोग नभएको दावी गर्दै आन्तरिक छलफललाई लिएर जनताको अभिमतबाट निर्मित सार्वभौम प्रतिनिधिसभा विघटन सही नभएको बताए।
 

प्रकाशित: Dec 27, 2020| 00:04 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।