सोमबार, भदौ २२, २०८३

उद्योग वाणिज्य महासंघ कर्णालीको अध्यक्षमा शाही

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा पदमबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्। 
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

सुर्खेत- नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा पदमबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्। 

आज सम्पन्न महासंघ कर्णाली प्रदेश समितिको निर्वाचनका लागि बिहीबार अध्यक्ष शाहीको मात्र एकल उम्मेदवारी परेको थियो। 

शाहीको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यकारिणी समिति निर्वाचित भएको निर्वाचन अधिकृत विवश बस्नेतले जानकारी दिए। 

उनकाका अनुसार समितिका उपाध्यक्षमा जुम्लाका रजवअली मनिहार (जिल्ला–नगरबाट), सुर्खेतका प्रकाश उप्रेती (एशोसियटबाट) र कोषाध्यक्षमा सल्यानका सुधन श्रेष्ठ निर्वाचित भएका छन्।

एसोसियट सदस्यमा झविराज खत्री र सीताराम कार्की यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।

जिल्ला–नगरका पाँच सदस्यमा कविराज कँडेल (सुर्खेत), कर्णबहादुर खत्री (जाजरकोट), दीपकराज खड्का (रुकुम पश्चिम), कृष्णप्रसाद कोइराला (दैलेख) र नामग्याल तामाङ (हुम्ला) निर्वाचित भएको निर्वाचन अधिकृत बस्नेतले बताए। 

उनका अनुसार प्रदेश समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ। आज सम्पन्न निर्वाचनमा एसोसियटतर्फ ४४ र जिल्ला–नगरतर्फ ११ मतदाता थिए। रासस

प्रकाशित: Dec 26, 2020| 16:00 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।