सोमबार, भदौ २२, २०८३

प्रदेश १ का आर्थिक मामिला मन्त्री बर्खास्त

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका छन्।
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्रीका प्रेस सल्लाहाकार धुव्र सुवेदीले आर्थिक मामिला तथा योजना मन्त्रीलाई वर्खास्ती गरिएको पुष्टि गरे।

आङ्बो पूर्वमाओवादी नेता हुन्। उनी अहिले प्रचण्ड–नेपाल समूहमा छन्। मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियानको नेतृत्व गरेपछि मुख्यमन्त्रीले उनलाई बर्खास्त गरेको बताइएको छ। 

नेकपा विभाजनको असर प्रदेशमा पनि देखापरेको छ। आइतबार नै मुख्यमन्त्री राईविरुद्ध दाहाल नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। 

यसअघि शुक्रबार बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध दाहाल नेपाल समूहका ४६ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
No description available.

प्रकाशित: Dec 26, 2020| 13:25 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।