शुक्रबार, कात्तिक २८, २०८२

आजदेखि खुल्दै फिल्म हल

विश्वव्यापी कोरोना महामारीका कारण करिब १० महिनादेखि बन्द रहेका देशभरका फिल्म हल आज (शुक्रबार)बाट खुल्ने भएका छन्। 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– विश्वव्यापी कोरोना महामारीका कारण करिब १० महिनादेखि बन्द रहेका देशभरका फिल्म हल आज (शुक्रबार)बाट खुल्ने भएका छन्। 

National life

हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघले बिहीबार कार्यक्रम नै गरेर एकतर्फी रूपमा हल खोल्ने निर्णय गरेको हो। संघको निर्णयलाई फिल्मसँग सम्बन्धित विभिन्न संघसंस्थाले समर्थन गरे पनि सरकारले भने हल सञ्चालनमा ल्याउने कुनै निर्णय गरेको छैन।   

नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले पत्रकार सम्मेलनमार्फत सरकारले सबै क्षेत्र खोलिसकेको भए पनि फिल्म हल मात्रै बन्द गर्नुपर्ने कुनै गतिलो कारण नभएकाले  हल खोल्ने निर्णयमा पुगेको बताए।
 
‘सरकारलाई अधिक कर बुझाउने फिल्मकर्मी तथा हल सञ्चालक सँधै सरकारको हेपाइमा परेका छन्,’ शर्माले भने ‘राजनीतिक पार्टीका सभा, सम्मेलन र आन्दोलन गर्न भीडभाड गर्दा कोरोना भाइरस नसर्ने? व्यापारिक मल, सपिङ कम्प्लेक्समा पनि भीड हुँदा कोरोना नसर्ने, अनि हल खोल्दा मात्रै सर्छ भन्नु जायज तर्क होइन। हामी सरकारले तोकेको मापदण्ड पूरा गरेर हल खोल्छौं भन्दा पनि अनुमति नदिने? यो कस्तो विभेद? सरकारले जे जे गर्छ गरोस्, हामी  हल सञ्चालन गर्छौँ।’

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले हल सञ्चालनमा ल्याउन आफूले पटक–पटक सरकारसँग लिखित तथा मौखिक प्रस्ताव गरेको बताएका छन्।  नेपाल चलचित्र संघले हल खोल्ने  निर्णय गरेपछि काठमाडौंलगायतक फिल्म हलमा शुक्रबारदेखि चलचित्र संचालन हुने सूचना टाँसिएका छन्। 

आज चलचित्रकर्मीहरु दिउँसो २ बजे सिभिल मलमा जमा भएर चलचित्र हेर्ने कार्यक्रम रहेको बताइएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 25, 2020| 02:25 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्