मंगलबार, भदौ २३, २०८३

आगो ताप्ने क्रममा जलेर कञ्चनपुरमा एक महिलाको मृत्यु

कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

धनगढी- कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।
 
आज बिहान ७ बजेतिर पुनर्वास नगरपालिका–६, प्रतिभानगर (टाउन बजार) स्थित घरमा आगोमा परेर ४३ वर्षीय गितादेवी थापाको मृत्यु भएको हो ।

उच्च रक्तचापका कारण बेहोस भई आगोमा परेर घाइते भएकी थापालाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक थापा एक्लै आगो ताप्दै गरेको र आगोबाट उठाउने मान्छे नहुँदा ज्यान गएको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले  जनाएको छ।

प्रकाशित: Dec 24, 2020| 06:05 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।