बिहीबार, फागुन २८, २०८२

बायोनटेक-फाइजरको खोपलाई युरोपमा पनि स्वीकृति

युरोपियन मेडिसिन एजेन्सीले सोमबार बायोनटेक फाइजरबाट उत्पादित कोरोना भाइरस विरुद्धको खोप प्रयाेगमा अनुमति दिएको छ। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

नेदरल्यान्ड्सको राजधानी एम्सटर्डमस्थित युरोपियन मेडिसिन एजेन्सीले सोमबार बायोनटेक फाइजरबाट उत्पादित कोरोना भाइरस विरुद्धको खोप प्रयाेगमा अनुमति दिएको छ। 

National life

अब युरोपेली आयोगले यस निर्णयलाई औपचारिक रुपमा मान्यता दिने विश्वास गरिएको छ। यसका साथै युरोपेली संघमा आबद्ध २७ देशमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान छिट्टै सुरु हुने बताइएको छ।

यो खोपलाई दुई साताअघि बेलायतमा र केही समयअघि अमेरिकामा आपत्कालीन स्वीकृति दिइएको थियो।

यो खोप जर्मन कम्पनी बायोनटेक र अमेरिकी कम्पनी फाइजरले संयुक्त रुपमा विकसित गरेका हुन्। यद्यपि जर्मनीसहित युरोपेली युनियनमा आबद्ध देशहरुले मात्र यो खोप लिन ढिला गरेका छन्। 

युरोपियन मेडिसिन एजेन्सीले २९ डिसेम्बरमा यसबारे निर्णय लिने कार्यतालिका थियो। कोरोना महामारी तीव्र रुपमा फैलिएका कारण जर्मनी लगायतका केही देशकाे दबाबमा एजेन्सीले चाँडै निर्णय गरेको हो।

Laxmi sunrise bank
kumari

अब युरोपेली संघका देशका अगाडि ४५ करोड मानिसलाई यो खोप कसरी पुर्याउने भन्ने चुनौती खडा भएको छ। यद्यपि यी देशहरुमा अबको तीन चार दिनमै खोप अभियान सुरु हुने अपेक्षा गरिएको छ।

बायोनटेक फाइजरको खोप माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्नेछ। युरोपका अधिकांश देशमा खोप लगाउने मापदण्ड तयार भइसकेको बताइएको छ। अधिकारीहरुका अनुसार आगामी जनवरीमा खोप अभियान तीव्र रुपमा अघि बढ्नेछ।

युरोपमा लगाइने खोप फाइजरको युरोपस्थित प्लान्टबाटै आपूर्ति गरिनेछ। फाइजरको बेल्जियम र जर्मनीमा कारखाना छन्। 

युरोपियन मेडिसिन एजेन्सीले अमेरिकी कम्पनी मोर्डेनाको खोपलाई जनवरीसम्ममा अनुमति दिने विश्वास गरिएको छ। यति बेला दुवै खोपले अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति पाएका छन्।

युरोपियन युनियनका देश कोरोना भाइरस महामारीको दोस्रो चरणको सामना गरिरहेका छन्। जर्मनी, फ्रान्स, इटाली, स्पेन, निदरल्यान्ड्स र बेल्जियमज जस्ता देशमा यसअघिको भन्दा कोरोना महामारी तीव्र रुपमा फैलिएको छ। 

इसाई बहुल युरोपमा क्रिसमसमा सबैभन्दा बढी चहलपहल हुन्छ। तर यस पटक कोरोना भाइरसका कारण उल्लास देखिएको छैन। एएफपी


 

प्रकाशित: Dec 21, 2020| 16:13 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।