मंगलबार, भदौ २३, २०८३

मनाङमा फेरि देखियो कोराना

देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्या शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ । 
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

मनाङ- देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्या शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ । 

जिल्लामा सङ्क्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पिसीआर अनिवार्य गरिएको छ ।

हालसम्म मनाङमा २८२ जनाको स्वाब सङ्कलन भएकामा १० जनाको कोरोना पोजेटिभ देखिएको जिल्ला स्वस्थ्य प्रमुख बद्री आचार्यले जानकारी दिए । उनका अनुसार नौ जना सङ्क्रमित निको भएसँगै मनाङ शून्य रहेको हो ।

शून्य भएको धेरै दिनपछि आज एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ज्वरो, रुघाखोकीका कारण लमजुङ सदरमुकाम बेसीँशहरमा उपचार गराइरहेका नासो गाउँपालिकाका ५८ वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

उनको उपचारकै क्रममा लमजुङबाट नै स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको र आज सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले जनाएको छ । उनको थप उपचारका लागि काठमाडौँ लगिएको स्रोतले जनाएको छ ।

हालसम्म अधिकांश बाहिरी जिल्लाबाट यस जिल्लामा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिए पनि पछिल्लो समयमा भने स्थानीयवासीमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले मनाङ जनाएको छ । 

स्वास्थ्य कार्यालयका अनुसार नासो गउँपालिकाका दुई र चामे गाउँपालिकामा एक स्थानीय सङ्क्रमित पुष्टि भएको र दुई जना निको भइसकेका छन् । हाल जिल्लामा एक मात्रै सङ्क्रमित रहेका छन् । अन्य बिरामी निको भएर घर फर्किसकेका छन् । –रासस

प्रकाशित: Dec 18, 2020| 04:52 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।