मंगलबार, भदौ २३, २०८३

६५ वर्ष पुगेका पत्रकारलाई १० हजार भत्ता दिइने

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताएका छन्।
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काभ्रे- नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताएका छन्।

‘नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको २८औँ स्थापना दिवस तथा वार्षिक साधारणसभामा बिहीबार बनेपामा उनले ती काम छिट्टै कार्यान्वयनमा आउने बताएका हुन्। 

उनले महासङ्घको पहलमा पाँच करोड ३४ लाख रूपैयाँको ‘पत्रकार सम्मान वृद्धि कोष’ स्थापना गरेर ३० वर्ष निरन्तर पत्रकारिता गरेर ६५ वर्ष पुगेकालाई पेन्सन दिने व्यवस्था गरेको उल्लेख गर्दै त्यससँगै द्वन्द्व पीडित र अपाङ्गता भएकालाई मासिक १० हजारका दरले जीवन निर्वाह भत्ता दिने निर्णय भएअनुरुप त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने विषयमा प्रक्रिया अगाडि बढिसकेको बताए।

आपत्कालीन अवस्थामा सहयोग गर्न एक करोडको कोष स्थापना गरेकामा त्यसका लागि अहिले ६० लाख जम्मा भइसकेको र बाँकी ४० लाख रूपैयाँ महाधिवेशनसम्म पुग्दा जम्मा गरिसक्ने उनले बताए। 

पत्रकारिता पेशा गरेर अरू वैकल्पिक पेशा नभएका पत्रकारका लागि सहयोग गर्न केन्द्रले सबै जिल्लाबाट सिफारिसका लागि आग्रह गरेकामा अहिलेसम्ममा ६०० पत्रकारलाई सहयोग गरिसकेको उनले बताए।

कार्यक्रममा उनले समानुपातिक विज्ञापन ऐन लागू गर्न भनेर उठाएको मुद्दा अब छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे। 

सरकारले विज्ञापन बोर्ड बनाइसकेको र अब छिट्टै सबै मिडियालाई समानुपातिक ढङ्गले वितरण गर्ने भएकाले त्यो कार्यान्वयनमा आएपछि सबै सञ्चारगृहलाई सहयोग पुग्ने बताए। 

त्यसका लागि आफूहरूको कार्यकालमा नै प्रयोगमा ल्याउन पहल भइरहेको अध्यक्ष आचार्यले बताए।

समानुपातिक विज्ञापन मात्रै लागू भयो भने सबैका लागि राम्रो हुने भएकाले त्यसलाई छिटो कार्यान्वयनमा ल्याउन सबै ठाउँबाट दबाब दिन आवश्यक रहेको उनको भनाइ छ। 

छिटो कार्यान्वयनका लागि सुझाव दिए पनि कर्मचारीतन्त्रबाट उचित सहयोग नभइरहेको भन्दै त्यसका लागि सबै ठाउँबाट दबाब दिन आवश्यक रहेको उनले बताए। –रासस

प्रकाशित: Dec 18, 2020| 03:15 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।