मंगलबार, भदौ २३, २०८३

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज (शुक्रबार) बस्दै छ। 
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं– कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज (शुक्रबार) बस्दै छ। 

सरकारले एकाएक ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत समसामयिक विषयमा छलफल गर्न संसदीय दल कार्यसमितिको बैठक बस्न लागेको हो।  

बैठक शुक्रबार बिहान साढे १० बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीयले जनाएको छ। 

बुधबार कांग्रेस पदाधिकारी बैठकले संसदीय दल कार्यसमिति बैठक बोलाएर संवैधानिक परिषद्सम्बन्धी जारी अध्यादेशसँगै अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्ने निर्णय गरेको थियो।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन्।

अध्यादेशमा ऐनको दफा ६ मा रहेको ‘परिषद्को बैठकसम्बन्धी कार्यविधि’ सम्बन्धी केही व्यवस्था परिवर्तन गरिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोही अध्यादेश गएको बैशाख ८ गते पनि ल्याए पनि व्यापक आलोचनापछि फिर्ता लिएका थिए।

दोस्रोपटक सोही अध्यादेश ल्याइएपछि नेकपा भित्रैबाट व्यापक आलोचना भएपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता गर्ने प्रतिवद्धता गरेका छन्। तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठमा अध्यादेश फिर्ता लिनेबारे प्रसंग नै उठाइएन।  

प्रकाशित: Dec 18, 2020| 02:31 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।