मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ह्वात्तै बढ्यो चिसो, काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍याे

ह्वात्तै बढ्यो चिसो, काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍याे

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री मापन गरिएको छ । यो तापक्रम यो वर्षकै सबैभन्दा कम हो । हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री थियो । 
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं- काठमाडौं उपत्यकासहित देशैभर चिसो ह्वात्तै बढेको छ । 

पछिल्लो एक हप्तायता निरन्तर तापक्रममा गिरावट आएसँगै जाडो ह्वात्तै बढेको हो । 

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री मापन गरिएको छ । यो तापक्रम यो वर्षकै सबैभन्दा कम हो । हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री थियो । 

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज बिहान ५ः४५ बजे गरिएको मापनमा २.२ डिग्री रेकर्ड भएको थियो । त्यसपछि ६ः३० बजे गरिएको मापनमा अनुसार तापक्रम २ डिग्रीमा झरेको हो । 

काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटेको छ। आइतबार ४.५ डिग्री, सोमबार ४ डिग्री, मंगलबार ३ डिग्री, बुधबार २.८ डिग्री, बिहीबार २.२ डिग्री र आज २ डिग्री मापन गरिएको छ ।

काठमाडौंको मात्रै नभइ देशैभरको तापक्रममा गिरावट आएको मौसमविद् शाक्यले जानकारी दिइन् । उनका अनुसार बिहीबार जुम्लाको तापक्रम माइनस ७.५ डिग्रीमा झरेको छ । जिरीको माइनस ३.४ डिग्री, जोमसोमको माइनस ३ डिग्री मापन भएको छ । 

यस्तै दिपायलको १.५, डडेल्धुराको २.५, धनगगढीको ७.५, विरेन्द्रनगरको ३.४, नेपालगन्जको ६.५, घोराहीको ६.१, पोखराको ६.६, ओखलढुंगाको ५.१, ताप्लेजुङको ३.४ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनतम तापक्रम मात्रै नभइ अधिकतम तापक्रम समेत घट्दै गएका कारण देशैभर चिसो बढेको छ । चिसोबाट जोगिने उपाय अपनाउन महाशाखाले सर्वसाधरणसँग अपिल गरेको छ ।
 

प्रकाशित: Dec 18, 2020| 02:00 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।