मंगलबार, भदौ २३, २०८३

हट्यो गाडीमा जोरबिजोर प्रणाली

कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा गाडीमा लागू गरिएको जोरबिजोर  प्रणाली आज (शुक्रबार) बाट हटेको छ। 
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं– कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा गाडीमा लागू गरिएको जोरबिजोर प्रणाली आज (शुक्रबार)  बाट हटेको छ। 

अन्य क्षेत्र खुलाइए पनि यातायात क्षेत्र पूर्ण रुपमा नखुलाइएको भन्दै यातायात व्यवसायीले बिरोध गरेपछि आजदेखि यो प्रणाली हटाइएको हो।

व्यवसायीको चौतर्फी दबाबपछि बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। 

सङ्क्रमणको अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका ०७७ को पूर्ण पालना भए–नभएको सम्बन्धमा ट्राफिक प्रहरीलगायतका निकायले अनुगमन गर्ने प्रशासनले जनाएको छ।

जोर बिजोर प्रणाली हटाइए पनि गाडी सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको भने पूर्ण रुपमा पालना गर्नुपर्ने बताइएको छ।

यद्यपि जोर बिजोर प्रणाली लागू हुँदा पनि स्वास्थ्य मापदण्ड पालना भएको थिएन। नियमनकारी र अनुगमन गर्ने निकायले पनि यसमा सक्रियता देखाएको पाइएको थिएन।  

प्रकाशित: Dec 18, 2020| 01:55 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।