मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अदालतले जन्मकैदको सजाय सुनाएका रेशम चौधरी र लक्ष्मण थारुलाई बाबुराम भट्टराईको सलाम !

अदालतले जन्मकैदको सजाय सुनाएका रेशम चौधरी र लक्ष्मण थारुलाई बाबुराम भट्टराईको सलाम !

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायतलाई अदालतले पुनः दोषी ठहर गर्नु दुखद् भएको बताएका छन्। 
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायतलाई अदालतले पुनः दोषी ठहर गर्नु दुखद् भएको बताएका छन्। 

उच्च अदालत दिपायलले हिजो बिहीबार चौधरी र थारुलाई जन्मकैदको फैसला गरेपछि ट्विट गर्दै भट्टराईले भनेका छन्, 'यथास्थितिको रक्षार्थ कानुन, अदालत बन्छन्। अतः उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन। विडम्बना ! झापा विद्रोह र जनयुद्धका नायकहरूको राजमा थारू विद्रोह अपराध ठहरियो । यो अन्याय सह्य छैन। थारू नायकहरूलाई सलाम !'

कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारु र रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ। 

यसअघि कैलाली जिल्ला अदालतले थारुलाई ३ वर्षको कैद सजाय सुनाएको थियो। उनी त्यो सजाय काटेर जेलबाट छुटिसकेका पनि थिए । तर बिहीबार उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्ट्याउँदै थारुलाई जन्मकैदको सजाय हुने फैसला सुनाएको छ।  

उच्च अदालतले टीकापुर घटनाका मुख्य आरोपित रेशम चौधरीलाई पनि जन्मकैदको फैसला सुनाएको छ। यसअघि जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको फैसला गरेकोमा उच्च अदालतले त्यसैलाई सदर गरेको हो। चौधरी जनता समाजवादी पार्टीका सांसद पनि हुन्। टीकापुर घटनापछि फरार रहेका चौधरीले प्रत्यक्ष चुनाव लडेर जितेका हुन् । 

थारु र चौधरीको फैसला हिजो बिहीबार उच्च अदालत दिपायलका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले गरेको हो । 

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । सो प्रकरणमा ०७५ फाुगन २२ गते जिल्ला अदालतले गरेको फैसला उच्च अदालतमा पुगेको हो ।

प्रकाशित: Dec 18, 2020| 01:42 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।