मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टीकापुर घटना : रेशम चौधरी र लक्ष्मण थारुलाई जन्मकैदको फैसला

टीकापुर घटना : रेशम चौधरी र लक्ष्मण थारुलाई जन्मकैदको फैसला

कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारु र रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ। 
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं- कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारु र रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ। 

यसअघि कैलाली जिल्ला अदालतले थारुलाई ३ वर्षको कैद सजाय सुनाएको थियो। उनी त्यो सजाय काटेर जेलबाट छुटिसकेका पनि थिए । तर बिहीबार उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्ट्याउँदै थारुलाई जन्मकैदको सजाय हुने फैसला सुनाएको छ।  

उच्च अदालतले टीकापुर घटनाका मुख्य आरोपित रेशम चौधरीलाई पनि जन्मकैदको फैसला सुनाएको छ। यसअघि जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको फैसला गरेकोमा उच्च अदालतले त्यसैलाई सदर गरेको हो। चौधरी जनता समाजवादी पार्टीका सांसद पनि हुन्। टीकापुर घटनापछि फरार रहेका चौधरीले प्रत्यक्ष चुनाव लडेर जितेका हुन् । 

थारु र चौधरीको फैसला हिजो बिहीबार उच्च अदालत दिपायलका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले गरेको हो । 

जन्मकैदसँगै हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, सीताराम चौधरी र गंगाराम चौधरीलाई भने ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय हुने जिल्ला अदालतको फैसला उच्चले सदर गरेको छ।

संगम भन्ने सन्तोष चौधरी र दिलबहादुर चौधरीलाई जनही १० वर्ष कैद सजाय हुने ठहर गरिएको छ।

सुन्दरलाल कठरिया, बृजमोहन चौधरी र राजकुमार कठरियालाई ५ वर्ष कैद ठहर गरिएको छ भने रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेम बहादुर चौधरीलाई पनि जनही ५ वर्ष कैद हुने अदालतले फैसला गरेको छ।

सुन्नीराम चौधरी, लाहुराम चौधरी र रामकुमार कठरियालाई ३ वर्ष कैद गर्ने फैसला सदर हुँदा विश्राम चौधरीले भने सफाइ पाएका छन् । यसअघि जिल्ला अदालतले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । सो प्रकरणमा ०७५ फाुगन २२ गते जिल्ला अदालतले गरेको फैसला उच्च अदालतमा पुगेको हो ।

प्रकाशित: Dec 18, 2020| 01:27 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।