मंगलबार, भदौ २३, २०८३

सीमानाका खुलाउनुपर्ने भन्दै आन्दोलन

कोभिड-१९ महामारीका कारण बन्द गरिएको सीमानाका खुलाउनुपर्ने भन्दै आन्दोलन थालिएको छ। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

पर्सा- कोभिड-१९ महामारीका कारण बन्द गरिएको सीमानाका खुलाउनुपर्ने भन्दै आन्दोलन थालिएको छ। 

बारा, पर्सा र रौतहटमा समाजवादीका नेताकार्यकर्ताहरू सीमानाकामा गएर प्रदर्शन गर्दै आएका छन्। 

महामारी फैलिएपछि गत चैतदेखि नेपाल-भारत सीमानाका बन्द छ।

सीमानाका बन्द हुँदा सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको पर्सामा आन्दोलनकाे नेतृत्व गरिरहेका प्रदीप यादवले बताए। 

बन्द रहेको सीमानाका खोल्नुपर्ने माग राख्दै सर्वपक्षीय संघर्ष समिति गत मंसिर २१ गतेदेखि आन्दोलनरत छ। 

सरकारले आफूहरूको माग सम्बोधन नगरे आन्दोलनलाई अझ कडा बनाउने प्रदर्शनकारीहरूले चेतावनीसमेत दिएका छन्।

प्रकाशित: Dec 17, 2020| 14:48 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।