बुधबार, माघ २, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुख्खा बन्दरगाहमा रेल्वे लाइन व्यवस्थित नहुँदा आयातकर्ता मर्कामा

Siddartha premir insuranceSiddartha premir insurance

सुख्खा बन्दरगाहमा रेल्वे लाइन व्यवस्थित नहुँदा आयातकर्ता मर्कामा

वीरगंजस्थित नेपालको एक मात्र सुख्खा बन्दरगाहमा रेल्वे व्यवस्थित नहुँदा आयातकर्ता व्यापारीहरु मर्कामा परेका छन्।
 |  बिहीबार, पुस २, २०७७

जियालाल साह

जियालाल साह

बिहीबार, पुस २, २०७७

ntc landingntc landing

वीरगंज- वीरगंजस्थित नेपालको एक मात्र सुख्खा बन्दरगाहमा रेल्वे व्यवस्थित नहुँदा आयातकर्ता व्यापारीहरु मर्कामा परेका छन्।

himalayan bank box

भारतको रेल्वेसँग जोडिएको सुख्खा बन्दरगाह वीरगंजमा ६ लेनको रेल्वे लाईनमध्ये ३ वटा लाईन मर्मत सम्भारको पर्खाइमा छन्।

दैनिक ३ देखि ५ वटा रेल्वे र्‍याक आउने सुख्खा बन्दरगाहमा ६ वटामध्ये २ वटा रेल्वे कामै नलाग्ने अवस्थामा पुगेका छन्। जसका कारण सामान लामो समय रोकिँदा विलम्ब शुल्क तिर्नुपरेको यहाँका उद्योगी व्यापारीहरुको गुनासो छ।

सुख्खा बन्दरगाह कार्यालय वीरगंजका अनुसार १ नम्बर रेल्वे लाइन तेश्रो मुलकबाट जहाजमा आएका कन्टेनर बोकेर र्‍याकको लागि प्रयोग गरिन्छ भने ५ नम्बर रेल्वे लाइन बीसीएन र्‍याकको लागि प्रयोग हुने गर्दछ। त्यसैगरी ६ नम्बर रेल्वे लाइन फ्लाम बोकेको र्‍याकको लागि प्रयोग हुने गर्दछ।

बाँकी रहेका २, ३ र ४ नम्बर रेल्वे लाइन प्रयोगबिहिन अवस्थामा छन्। यी रेल्वे लाइनलाई व्यवस्थित गर्न सके आयात गरिएको सामान समयमै गन्तव्यसम्म पुग्थ्यो भने आयातकर्ताले विलम्ब शुल्कको मार खेप्नुपर्ने थिएन। रेल्वे लाइन व्यवस्थित नहुँदा एकै पटक २/३ वटा र्‍याक आएपछि समस्या हुने गरेको उद्योगी व्यापारी सुरेश रुङ्गटाको भनाइ छ।

भारतका विभिन्न ठाउँबाट आउने रेल्वे र्‍याक सुख्खा बन्दरगाहमा ५ घण्टाभित्र खाली गराउन नसके आयतकर्ताले नै थप शुल्क तिर्नु पर्ने बाध्यातमक अवस्था रहँदै आएको छ। हाल रेल्वे लाईन व्यवस्थित नहुँदा रेल्वेलाई र ५ दिनभित्र गोदामबाट सामान ट्रकसम्म लोड गर्न नसके गोदामलाई गरी दोहोरो शुल्क आयातकर्ताले तिर्नुपरेको छ।

भारततर्फको सुख्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टाइनले व्यापारीहरुसँग नै बाह्य शुल्क (डिटेन्सन चार्ज) लिने गरेको उद्योगी रुङ्गटाले आरोप लगाए। उनले सुख्खा बन्दरगाह संचालक कम्पनीसँग भएको सम्झौताअनुसार भारतबाट आएको मालसामान बोकेको रेल्वे र्‍याकलाई खाली गर्ने र ढिलो भए सञ्चालक कम्पनीले नै बाह्य शुल्क (डिडेन्सन चार्ज) तिर्नेपर्ने छ तर ५ घण्टाभित्र र्‍याक खाली हुन नसकेपछि त्यसबापत लाग्ने चार्ज सञ्चालक कम्पनीले व्यापारीहरुसँग नै असुली गर्ने गरेको छ।

एउटा रेल्वे र्‍याकमा २५ सय मेट्रिक टन सामान आउने गरेको छ, जसलाई ५ घण्टाभित्र खाली गरी ५ दिनसम्म व्यापारीहरुले गोदाममा राख्न पाउने सुख्खा बन्दरगाह सञ्चालक कम्पनीसँग सम्झौता भएको छ। तर सुख्खा बन्दरगाह सञ्चालक कम्पनीले जानीजानी व्यापारीहरुको सामान लोड अनलोड गर्नमा ढिलाई गरेर गोदामको शुल्क लिने गरेको उद्योगी व्यापारीहरुको सधैको भोगाइ छ।

रेल्वे र्‍याक व्यवस्थापनको लागि उद्योगी व्यापारीहरुले वीरगन्ज उद्योग वाणिज्य संघमार्फत् विगत १५ वर्षदेखि आग्रह गर्दै आएकोमा हालसम्म कुनै उपलब्धि हुन नसकेको उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको भनाइ  छ। 

नेपालतर्फको सुख्खा बन्दरगाह सञ्चालक निकाय नेपाल इन्टरमोडेल यातायात विकास समिति वीरगंजले भने, रेल्वे व्यवस्थापनको काम चाडै गरिने जनाएको छ। वीरगंज शाखा अधिकृत तर्कराज जोशीले भने यसबारे केन्द्रमै छलफल भई कागजी प्रक्रिया अघि बढाइसकेकाले छिटै समस्या समाधान हुने बताए।

हाल रेल्वे व्यवस्थापनको काम बढाइएको छ भने, गोदाममा आयतित समानहरु क्रमबद्ध रुपले राख्न समस्या हुने गरेकाले त्यसका लागि नेपाल सरकारले आरटिजी क्रेन (रबर टायर ग्यान्ट्री क्रेन) सुख्खा बन्दरगाहकै लागि खरिद प्रकृया अगाडि बढाएकाले निकट भविष्यमै समस्या समाधान हुने अधिकृत जोशीले बताए। 

प्रकाशित: Dec 17, 2020| 13:30 बिहीबार, पुस २, २०७७
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।