मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाले थलिएका कांग्रेस नेता विश्वकर्माको अनुभव– घर आएको १६ दिनमा पनि बोल्न सकेको छैन

कोरोनाले थलिएका कांग्रेस नेता विश्वकर्माको अनुभव– घर आएको १६ दिनमा पनि बोल्न सकेको छैन

कोरोना संक्रमणबाट थलिएर ३६ दिन अस्पतालमा उपचार गराई घर फर्किएका विश्वकर्माले विज्ञप्ति जारी गरेर उपचारमा खटिएका स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका हुन्।  
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आफ्नो उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन्।

कोरोना संक्रमणबाट थलिएर ३६ दिन अस्पतालमा उपचार गराई घर फर्किएका विश्वकर्माले विज्ञप्ति जारी गरेर उपचारमा खटिएका स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका हुन्।  

 ‘कोभिड–१९ बाट संक्रमित भई स्वास्थ्यमा समस्या आएका कारण कात्तिक ९ गते वीर अस्पताल र ११ गते स्वास्थ्य अवस्था झन् जटिल भएपछि राति ११ बजे धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा चिन्ताजनक अवस्थामा पुर्याइएको थिएँ। वरिष्ठ चिकित्सक सुभाष आचार्यको प्रत्यक्ष एवं आत्मिय निगरानीमा उक्त अस्पतालका चिकित्सकहरुको समूहसँगै अति स्नेही सेवा गर्ने नर्सहरुले मलाई पुनर्जीवन दिएको महशुस गरेको छु,’ उनले भनेका छन्। 

उनले आफ्नो उपचारमा सहयोग गर्ने र सद्भाव देखाउने पार्टीका नेताहरु, दलित आन्दोलनका सहयात्री, राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ मन्त्री लगायतलाई समेत धन्यवाद दिएका छन्। 

उनले अस्पतालबाट डिस्चार्ज भएको १६ दिनमा पनि राम्रोसँग बोल्न र हिँड्न नसकेको बताएका छन्।

प्रकाशित: Dec 17, 2020| 11:54 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।