मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'शिक्षक श्रेष्ठ हत्या प्रकरणमा विप्लव समूहले गरेको दाबी गलत'

'शिक्षक श्रेष्ठ हत्या प्रकरणमा विप्लव समूहले गरेको दाबी गलत'

अधिकारकर्मीहरुले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले मोरङको मिक्लाजुङ–१ बर्खेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठ हत्याको यथार्थ कुरा लुकाउन खोजेको आरोप लगाएका छन्। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

विराटनगर– अधिकारकर्मीहरुले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले मोरङको मिक्लाजुङ–१ बर्खेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठ हत्याको यथार्थ कुरा लुकाउन खोजेको आरोप लगाएका छन्। 

शिक्षक श्रेष्ठको हत्याबारे स्थलगत अध्ययनको प्रतिवेदन बिहीबार विराटनगरमा सार्वजनिक गर्दै प्र्रतिकारमा मारिएको भनी झूठो विवरण सार्वजनिक गरेर यथार्थ लुकाउन खोजेको ठहर गरिएको छ।

हात बाँधेर लगिएको एउटा निहत्था व्यक्तिले ६ जनाको हतियारधारी समूहसँग प्रतिकार गर्नसक्ने सम्भावना नभएको निश्कर्ष निकालिएको छ। शिक्षक श्रेष्ठको निर्मम यातनापछि विभत्स तरिकाले हत्या गरिएको पुष्टि भएको इन्सेकका प्रदेश १ संयोजक सोमराज थापाले बताए। 

स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय श्रेष्ठको गत मंसिर २३ गते घरबाट अपहरण गरी लगेर स्थानीय देउढुङ्गा जंगलमा विप्लव समूहले घाँटी रेटेर हत्या गरिएको थियो। शिक्षक श्रेष्ठको हत्यापछि त्यस क्षेत्रका बासिन्दा आतंकित रहेकाले राज्यबाट आवश्यक सुरक्षा व्यवस्थाको प्रबन्ध गर्न अधिकारकर्मीले माग गरेका छन्।

१२ घर रहेको सो क्षेत्रका बासिन्दा सुरक्षा व्यवस्था नभए विस्थापित हुनसक्ने खतरा रहेको प्रतिवेदनमा औँल्याइएको छ। स्थानीय जनताले लामो समयदेखि सुरक्षा कार्यालय स्थापनाका लागि माग गर्दै आए पनि शिक्षक श्रेष्ठको हत्याअघि सुरक्षा पोष्ट स्थापना हुन नसकेको सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ।

शिक्षक श्रेष्ठको हत्यापछि भने सशस्त्र प्रहरी र जनपद प्रहरीको अस्थायी संयुक्त सुरक्षा आधार शिविर त्यस क्षेत्रमा खडा गरिएको छ। 

अधिकारकर्मीहरुले घटनाका दोषी पहिचान गरी कानुनी कारबाही गर्न तथा डर र त्रासको वातावरणमा रहेका स्थानीयलाई शान्ति सुरक्षाको प्रत्याभूतिको आवश्यक व्यवस्था मिलाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन्। अधिकारकर्मीको टोलीले गत मंसिर २९ गते घटनाको स्थलगत अध्ययन गरेको थियो। 

प्रकाशित: Dec 17, 2020| 11:34 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।