मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा २२३ जना कोरोना संक्रमित डिस्चार्ज, ४७ थपिए

प्रदेश १ मा २२३ जना कोरोना संक्रमित डिस्चार्ज, ४७ थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

होम आइसोलेसनबाट १९३, मेची अस्पताल र होटल एशियाटिक आइसोलेसनबाट १२–१२, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आइसोलेसन केन्द्र र विराट मेडिकल कलेजबाट २–२ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २४६ पुगेको छ।

प्रदेश १ मा बिहीबार ४७ जना कोरोना संक्रमित थपिएका छन्। ४६७ जनाको पीसीआर परीक्षण गर्दा २४ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। 

मोरङमा १९, झापामा १५, सुनसरीमा ११, संखुवासभा र प्रदेश १ बाहिर १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार १८७ पुगेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Dec 17, 2020| 11:27 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।