काठमाडौं– संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।
साँझ ५ बजेका लागि डाकिएको बैठक सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको आपत्तिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरेका हुन्।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीचको भेटवार्तामा दाहालले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र बैठक बोलाइएको विषयमा आपत्ति जनाएका थिए।
स्रोतका अनुसार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नलिई बैठक डाकिएको भन्दै दाहालले विराेध जनाएका थिए।
प्रधानमन्त्री ओलीले साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकले मंगलबार जारी भएको अध्यादेश फिर्ता लिने सम्बन्धी निर्णय गर्न सक्ने बताइएको छ।